+
+
Shares

स्याङ्जामा पहिरोले पुरिएर १ जनाको मृत्यु, ३ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते १५:४५

३० असार, काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ, ३ जना बेपत्ता भएका छन् ।

विहान साढे ९ बजे बाटोमा हिँडिरहेका बेला पहिरो खस्दा स्थानीय ७० वर्षका इमानसिंह रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा पुरिएका २ जनाको उद्धार गरी उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको छ । हराएकाहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?