+
+
Shares

भरतपुर महानगरमा चार वडा कार्यालय बने, ६ वटा बन्ने क्रममा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १७:१२

१ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि चारवटा नयाँ कार्यालय भवन बनेका छन् । ६ वटा निर्माणाधीन अवस्थामा रहेका छन् ।

महानगरपालिका कार्यालयका अनुसार वडा नं. ७, १३, १७ र २८ नम्बर वडा कार्यालय निर्माण भएका छन् । यी कार्यालयको भवन बनाउन पाँच करोड रुपैयाँ खर्च भएको छ । नयाँ बनेका वडा कार्यालयबाट सेवा प्रवाह गर्न थालिसकेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

महानगरपालिकाको वडा नम्बर २, ५, १०, १२, २३ र २८ को भवन निर्माणको लागि काम भइरहेको छ । बाँकी वडा कार्यालयका भवन मर्मत तथा थप विस्तार र सुधारको काम भइरहेको महानगर प्रमुख दाहालले जानकारी दिइन् । भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर रत्न लामिछानेले महानगरपालिकामा जनप्रतिनिधि आएपछि भवन निर्माण तथा मर्मतका लागि करिव ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको जानकारी दिए ।

करिब १० करोड ७० लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माणको काम भइरहेको लामिछानेले बताए । महानगरपालिकाका वडा कार्यालयहरुको पुरानो भवन मर्मतका लागि करिब ६ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

लामिछानेका अनुसार महानगरका १, ३, ४, ६, ८, ९, ११, १४, १५, १६, १८, २०, २१, २४, २५, २६ र २९ नम्बर वडा कार्यालयहरु मर्मत गरेर सञ्चालन गरिएका छन् । भवन पुराना र साँघुरा भएका वडा कार्यालयहरु आफ्नै भवनमा सार्नेगरि काम भइरहेको इन्जिनियर लामिछानेले बताए ।

जनप्रतिनिधि आएपश्चात नगरवासीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि महानगरपालिकाले हरपल प्रयास गरिरहेको महानगर प्रमुख रेनु दाहालले बताइन् । प्रक्रियामा रहेका भवनहरुको निर्माणको काम समयमा नै सकिनेगरी सम्झौता भएको प्रमुख दाहालले बताइन् ।

‘महानगरपालिकाको वडा कार्यालयहरुले आफ्नै कार्यालयबाट सेवा प्रदान गरिरहेका छन्’ दाहालले भनिन्, ‘निर्माणको प्रक्रियामा रहेका भवनहरु समयमा सम्पन्न गर्नका लागि महानगरपालिकाका प्राविधिक फिल्डमा नै पुगेर ठेकेदारलाई प्रत्यक्ष रुपमा निर्देशन दिने गर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?