Comments Add Comment

बझाङमा क्वारेन्टिनबाट घर पुगेका ६६ जनामा कोरोना पुष्टि

१७ धनगढी, साउन । क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उनीहरु असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका थिए । एकै ठाउँबाट एकैसाथ आएका ६६ जनासहित १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिए ।

भारतबाट आएको १४ दिन पुगेपछि ९ गते उनीहरु घर गए । घर गएको एक सातापछि ६६ जनामा संक्रमण पुष्टि भयो । घर गएकामध्ये शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख बलायरले बताए । उनले भने ‘घर गएको एक हप्ता पछि उनीहरुको रिर्पाेट पोजेटिभ आयो ।’

क्वारेन्टिनबाट घर गएका संक्रमितहरू केदारस्यूँ गाउँपालिकाको ६ र ७ का बासिन्दा भएको उनले बताए । अहिले दुबै वडालाई सिल गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताइन् । ‘शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले दुबै वडा सिल गर्ने र गाउँपालिकामा लकडाउन कडा गर्ने गरेको छ ‘उनले भनिन्

उनका अनुसार क्वारेन्टिनबाट घर पुगेका संक्रमितहरुको खोजी पनि सुरु भएको छ । उनीहरूलाई चन्द्रोदय माध्यमिक विद्यालय र कैलाश भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने निर्णय भएको उपमेयर धामीले बताइन् ।

साथै उनीहरुको सम्पर्कमा आएका व्यक्ति र आफन्त सबैको पीसीआर परीक्षण गर्ने तयारी छ ।

प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले भने जिल्लामा संक्रमितहरुको संख्या बढ्न थालेकाले लकडाउन कडा गर्ने बिषयमा छलफल भइरहेको बताए । उनले भने ‘अहिले जिल्लामा जोखिम बढेको छ, यस बिषयमा भोलि बैठक राखेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment