Comments Add Comment

रौतहटमा शनिबारदेखि निषेधाज्ञा 

२१ साउन, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम साउन २४ गते शनिबारदेखि साउन ३२ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

जिल्लाको गौर, राजदेवी, चन्द्रपुर लगायतका स्थानीय तहमा समुदायका केही व्यक्तिहरुमा कोरोना संक्रमण देखिएका कारण समुदायमा संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत्, दूरसंचार, खानेपानी, दूध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, शव बाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको छ ।

भारत लगायतका अन्य मुलुकबाट हुने सबै प्रकारको आवगमनलाई रोक लगाएको र सीमा नाकाहरु पूर्ण रुपमा सिल हुने घिमिरेले बताए । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई ऐन बमोजिम कारबाही हुने समेत उनले बताए ।

मंगलबार रौतहटमा समुदायका ६ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment