Comments Add Comment

पलायनको पीडामा ब्युटिसियन : क्षतिको विवरण संकलन गर्दै एसाेसिएसन

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का कारण भएको लकडाउनले सबै क्षेत्रमा असर पारेको छ । तर चर्काे असरलाई सहेर पनि बाहिर चर्चामा नआएको एउटा क्षेत्र हो, सौन्दर्य प्रसाधन ।

साउनको पहिलो लकडाउन पूर्ण रुपमा खुले समेत कोरोनाकै कारण खुलेर व्यवसाय गर्न नसकेको यो क्षेत्रलाई न त बजेटले राहत दियो न त मौद्रिक नीतिले । हुँदाहुँदा सरकारलाई भेट्न जाँदा सरकारी पक्षले समेत हेयको दृष्टिले हेरको गुनासो ब्युटिसियनहरुको छाता संगठनको छ ।

अर्काेतर्फ ब्युटिसियनहरुको छाता संगठनकै पदाधिकारीहरु सहज हुँदा पैसा पैसा उठाउने संघले आबद्ध ब्युटिसियनहरुको हितमा राम्रोसँग काम गर्न नसकेको बताउँछन् । ब्युटिसियन प्रोफेसनल एसोसिएसन अफ नेपालकी उपाध्यक्ष मिना केसी खड्काले संघको तर्फबाट आफूहरुको सशक्त रुपमा संघमा आबद्ध व्युटिपार्लरको हितमा काम गर्न नसकेको स्वीकार गरिन् ।

एसोसिएसनको तथ्यांकअनुसार अहिले नेपालभर चार लाखभन्दा धेरै ब्युटिपार्लरहरू संघमा आबद्ध छन् । उत्ति नै संख्यामा संघमा आबद्ध नभएका ब्युटिपार्लर समेत छन् । संघमा आबद्ध भएका र नभएकाहरु कोरोनाका कारण समस्यामा परेको र धेरै पलायनको खतरामा रहेको संघकी उपाध्यक्ष मिना केसी खड्का बताउँछिन् । उनी भन्छिन् ‘संघले अहिलेसम्म कोरोनाबाट विस्थापित हुने ब्युटिपार्लरको संख्याबारे आधिकारिक तथ्यांक संकलन त गरेको छैन । तर संघमा आबद्ध भएका र ऋण खोजेर यस क्षेत्रमा आएकामध्ये मेरो सम्पर्कमा आएकामात्रै साढे तीन सयभन्दा धेरै ब्युटिपार्लरका सञ्चालकहरु पलायनको खतरामा छन् ।’

के छ अबको तयारी ?

संघका पदाधिकारीहरुले यो जटिल परिस्थितिमा कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा अझै योजना बनाउन सकेका छैनन् । तर सिजनमा समेत व्यवसाय सञ्चालन गर्न नसके झनै समस्या थपिने भन्दै योजना बुन्ने तयारीमा आफूहरु जुटेको उनीहरु बताउँछन् ।

ब्युटिपार्लर अझैसम्म पनि पूरा चल्न सकेको छैन । संघकी उपाध्यक्ष सोनु बज्राचार्य सिजनको समयमा ब्युटिपार्लर बन्द गर्नुपरेकोले यो क्षेत्रले ठूलो नोक्सानी व्यहोरेको बताउँछिन् ।

पटक पटक सरकारलाई ब्युटिसियनहरुको समस्या सुनाउँदा पनि समाधान नभएको भन्दै अब आफैंले कसरी यस क्षेत्रबाट पलायन हुन बाध्य हुनेहरुलाई रोक्ने भन्नेमा आफूहरु योजना बनाइरहेको बज्राचार्यले बताइन् ।

त्यस्तै, अर्की उपाध्यक्ष ढकाल भने धेरै सेवाग्राहीले सेवा लिने समयमा बन्द बस्नुभन्दा वैकल्पिक रुपमा सेवा सुरु गर्नेबारे आफूहरु छलफलमा रहेको बताउँछिन् । ‘मैले त अहिले पनि आफ्नो नियमित निगरानीमा रहेका ग्राहकलाई सेवाविहीन बनाएको छैन ।’ उनले अनलाइनखबरसँग भनिन् ‘पसल खोल्दा भिड हुन्छ भनेर अहिलेसम्म खोलेको छैन । अब सुरक्षित भएर कसरी व्यवसाय चलाउन सकिन्छ भन्ने बारे छलफल गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment