Comments Add Comment

बेलायतको भिसा आवेदन केन्द्र खुल्ने

२ भदौ, काठमाडौं । अगष्ट १९ देखि बेलायतको भिसा एण्ड इमिग्रेसन कार्यालयले आफ्नो सेवा चरणबद्धरुपमा सञ्चालन गर्ने भएको छ ।

त्यही दिनदेखि काठमाडौंको भिसा आवेदन केन्द्र पनि खुल्नेछ । यसअघिको अप्वाइन्टमेन्टका लागि उपस्थित हुन नसकेका ग्राहकहरुले अब नयाँ अकाउन्ट खोली नयाँ अप्वाइन्टमेन्ट लिन सक्ने बेलायतको भिसा एण्ड इमिग्रेसनले जनाएको छ ।

यसअघि नै जीओभी डटयूकेमा आवेदन दिएका तर अप्वाइन्टमेन्ट नलिएकाहरुले पनि आजदेखि नै भिसा आवेदन केन्द्रको अप्वाइन्टमेन्ट लिन सक्छन् ।

भिसा आवेदन केन्द्रमा भौतिक दुरी, तापक्रम मापन, मास्क लगाउनेजस्ता कोरोना भाइरस नियन्त्रणको सावधानीका मापदण्डहरु पालना गर्नुपर्नेछ । भिसा आवेदन केन्द्रमा आउनुभन्दा पहिला ग्राहकहरुले अप्वाइन्टमेन्ट लिनु अनिवार्य छ । ग्राहकले छानेको केन्द्र अप्वाइन्टमेन्टको लागि आवेदन दिएको मितिमा खुल्छ वा खुल्दैन भन्ने निश्चित गर्न आग्रह गरिएको छ ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका मानिसहरुको आवेदनको लागि अर्को मिति तय गरिनेछ । कोरोना भाइरसको कारण विश्वभर नै विभिन्न प्रतिबन्धहरु कायम रहेको अवस्थामा अझै पनि सुपर प्रायोरिटी भिसा, प्रायोरिटी सर्भिस (भिजिट), प्रायोरिटी भिसा फर सेटरमेन्ट सर्भिस र वाक–इन सेवाहरु बन्द रहनेछन् ।

साथै भिसा प्रोसेसिङको समय पनि सामान्य अवस्थाको तुलनामा लामो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment