+
+
Shares

मानब बेचबिखनबिरुद्ध बन्यो लघु चलचित्र ‘अनुमाला’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते २०:५८

कोरोना संक्रमणको जोखिमका कारण घरमै बस्न बाध्य भएपछि छोटा चलचित्र य़ुट्युबमा धमाधम रिलिज हुँदै छन् । यसैलाई निरन्तरता दिँदै लकडाउनकै समयमा नेपाली छोटो चलचित्र ‘अनुमाला’ सार्वजनिक गरिएको छ।

मल्लाज प्रोडक्सनको निर्माणमा बिभु पौडेल र बिशाल डोटेलको निर्देशनमा फिल्म अनुमाला मल्लाज प्रोडक्सनको युट्युबमार्फत सार्वजनिक गरिएको छ।

अनुराधा र निर्मला नामक दुइटा महिला पात्र र उनीहरुको फरक जीवन कसरी ठोक्किन पुग्छ भन्ने कथानक रहेको चलचित्रमा महिला बेचबिखनलाई पृष्ठभूमि बनाइएको छ।

१२ मिनेटको यो छोटो फिल्ममा सृष्टी खड्गी, रोहनी लामा, भीमा मैनाली, आयन खड्का, मनिष ढुंगाना लगायतले अभिनय गरेका छन्।

अभिषेक राईको छायांकन रहेको फिल्ममा कथा बिशाल डोटेल र सम्पादन रोमीको रहेको छ। अनुमाला अमेरिकाका दुई चलचित्र महोत्सव, एसियन फिल्म फेस्टिवल र टिबुरोन फिल्म फेस्टिवल मा छनोटपनि हुन सफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?