Comments Add Comment

कोरोना खोप अनिवार्य नगर्ने ब्राजिलको घोषणा

१८ भदौ, काठमाडौं । ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप अनिवार्य नगर्ने घोषणा गरेको छ ।

मन्त्रालयले बुधबार कोरोना भाइरसलाई हराउन खोप आवश्यक भए पनि मुलुकमा खोप अनिवार्य भने नगराइने बताएको हो ।

स्वास्थ्यमन्त्रीका एक्ज्युकेटिभ सेक्रेटरी एल्सिओ फ्रान्कोले आफूहरुले अहिलेसम्म कोरोना भाइरस नियन्त्रणको लागि काम गर्दै आएको र यो कार्य जारी राख्ने बताएका छन् । साथै उनले आफूहरुले मानिसहरुलाई खोप लिनको लागि प्ररित गर्ने उल्लेख गरेका छन् ।

यसअघि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले पनि कसैले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउनैपर्छ भनेर बाध्य पार्न नसक्ने बताएका थिए । अहिले ब्राजिलमा कोरोना भाइरसविरुद्धको तीन किसिमका खोपको परीक्षण भइरहेको छ ।

कोरोना भाइरसको महामारीको कारण अहिले ब्राजिलमा राजनीतिक विभाजन बढेको छ । यो महामारी नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिलमा राष्ट्रपति बोल्सोनारोको चर्को आलोचना भइरहेको छ ।

अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या ४० लाखको हाराहारीमा पुगेको छ भने अहिलेसम्म ६७ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्रोत :सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment