+
+
Shares

अशोभनीय ढंगले रथ तानेकोप्रति मर्माहित छु : चिरिबाबु महर्जन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १९:०१

१९ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बिहीबार कुनै योजनाबिना रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले बिनायोजना अशोभनीय ढंगले रथयात्रा गराइएको घटनाले आफूलाई मर्माहित बनाएको बताएका छन् ।

धार्मिक एवं सांस्कृतिक महत्व बोकेको करिब ६० टनभन्दा बढी तौल र ५० फिटभन्दा अग्लो रातो मत्स्येन्द्रनाथको रथलाई स्थानीय सरकार र प्रशासनलाई समेत खबर नगरी तान्ने प्रयास गर्नुले संस्कृति र सम्पदाप्रेमी सबैको मन दुखाएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको परीक्षणका लागि स्वाब दिएपछि सार्वजनिक कार्यक्रममा सहभागी नभएका महर्जन बिहीबार दिउँसो नेगेटिभ रिपोर्ट आएपछि प्रशासनमा बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी थिए ।

उनले रातो मत्स्येन्द्रनाथको रथयात्रामा ललितपुर महानगरको प्रमुख भूमिका नहुने भन्दै आफ्नै स्थानीय तहमा पर्ने धार्मिक कार्य भएकोले यसमा ‘लजिस्टिक’ सहयोग मात्रै गर्ने गरेको पनि विज्ञप्तिमार्फत् स्पष्ट पारेका छन् ।

प्रमुख महर्जनले भाद्र २६ गतेभित्र रथयात्राको सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नेगरी सांकेतिक रथयात्रा मात्रै गर्ने जिल्ला प्रशासन कार्यालय र विभिन्न जातीय संगठनबीच सहमति भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?