+
+
Shares

थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १३:१९

२१ भदौ, काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ ।

रक्सौलबाट काठमाडौं आईरहेको ट्याङ्कर मुख्य सडकबाट मोडिएर डिपोतर्फ जान लाग्दा चिप्लिएर खेतमा खसेको निगमको थानकोट डिपोले जनाएको छ ।

बीस हजार लिटर डिजेल बोकेको ना७ख ७३९ नम्बरको ट्याङ्कर केहीबेरअघि दुर्घटनामा परेको डिपो प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।

खेतमा पल्टिएको ट्याङ्करमा रहेका चालक दलका सदस्य सकुशल रहेको र ३ हजार लिटर तेल पोखिएको यादवले बताए । ‘ट्याङ्कर लडेको सूचना लगत्तै हामी डोजर लिएर पुग्यौं, ट्याङ्करलाई अहिले उठाएका छौँ, क्रेन मगाएर खेतबाट झिक्दै छौँ,’ यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?