Comments Add Comment

कंगनाको अफिसमा छापा, शिवसेनाले दियो चेतावनी

शिवसेनाको आइटी सेलले नायिका कंगना रनावतविरुद्ध उजुरी दर्ता गरेको छ । श्रीनगरको प्रहरी स्टेशनमा कंगनाको एक बयानलाई लिएर उजुरी दर्ता भएको हो । कंगनाले केही दिन अगाडि मुम्बइलाई पाकिस्तानले कब्जा गरेको कश्मिर(पीओके)सँग तुलना गरेकी थिइन् । शिवसेनाको यो मागमा प्रहरीले कानुनी सल्लाहा लिइरहेको छ ।

यस्तै, सोमबार बीएमसीले नायिका कंगना रनौतीको अफिसमा अवैध निर्माणको नोटिस टासेको छ । कंगनाले सामाजिक संजालमा यो कुराको जानकारी दिदै, आफ्ना लागि अब खतरा हुनसक्ने उल्लेख गरेकी छिन् ।
सोमबार मात्रै कंगनाको प्रोडक्शन कम्पनी रहेको अफिसमा वीएमसीले छापा मारेको थियो ।

नायिका कंगना रनावत आफ्नो गाउँबाट बुधबार मुम्बई फर्किने तयारीमा छिन् । उनका लागि भारतको केन्द्रिय सरकारले ‘वाई’ श्रेणीको सुरक्षा प्रवन्ध गरेको छ । तर, उनलाई मुम्बई फर्किएपछि १४ दिन होम क्वारेन्टाइनमा रहनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment