+
+
Shares

कोरोना बीमा मापदण्ड संशोधनः निजी ल्याबको परीक्षण मान्य हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते २२:३७

२८ भदौ, काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीका लागि अब निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने भएको छ । यस अघि सरकारी अस्पतालहरुको मात्रै परीक्षण रिपोर्ट मान्य हुने व्यवस्था रहेकोमा बीमा समितिले मापदण्ड संशोधन गरेर निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने व्यवस्था गरेको हो ।

यस अघि मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय माताहतका निकायबाट परीक्षण गरिएको परीक्षण रिपार्ट मात्रै दावी भुक्तानीका लागि हुने व्यवस्था रहेको थियो । यसको चौतर्फी आलोचना भए पछि समितिले मापदण्ड नै संशोधन गरेर नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ परीक्षणका लागि सूचीकृत निजी वा सरकारी जुनसुककै ल्याबको पनि रिपोर्ट मान्य हुने व्यवस्था गरेको हो ।

यो सँगै कोरोना बीमा दावी भुक्तानीमा देखिएको बिवादको अन्त्य भएको छ । मापदण्ड संशोधन गरेर बीमा समितिले अब कोरोना बीमाको सामुहिक पोलिसीमात्रै जारी गर्ने समेत नीति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?