Comments Add Comment

महाभारतको प्रसंग : बालबालिकाका लागि प्रेरणादायी कुरा

महाभारत एक साहित्यिक महाकाव्य हो र यसले हिन्दु पौराणिक कथा र दार्शनिक कथाहरूको वर्णन गरेको छ । यसमा रहेका विभिन्न कथा र पात्रहरू बच्चाका लागि समेत राम्रो शिक्षा एवं प्रेरणाको स्रोत बन्न सक्छन् ।

वास्तवमा यो ज्ञानको भण्डार हो जुन धेरै पुस्तासम्म चल्दै आएको छ । यसमा धेरै कथाहरू छन्, जसले नैतिकता र आचरण सिकाउँछ । यो महाकाव्य हाम्रो संस्कृतिको एक हिस्सा पनि हो ।

के हो महाभारत ?

हिन्दु धर्मको दुई संस्कृत महाकाव्य छ, रामायण र महाभारत । जसमध्ये महाभारत यस्तै एक महाकाव्य हो, जसले दुई भाइहरू पाण्डु र धृतराष्ट्रका छोरा पांडव र कौरव बीच १८ दिनसम्म चलेको कुरुक्षेत्रको महान् युद्धको वर्णन गरिएको छ । धेरै पात्रहरू र धेरै कथाहरू यस महाकाव्यसँग सम्बन्धित छन्, जुन दार्शनिक र ईश्वरीय वर्णनमा आधारित छ । श्रीमद् भगवत गीता पनि महाभारतकै एउटा पर्वको कथामा आधारित ग्रन्थ हो जुन अहिले विश्वभर चर्चित छ ।

महाभारतले बच्चाहरूको लागि प्रेरणादायी कथाहरू समेत उल्लेख गरेको छ । यस महाकाव्यमा बच्चाहरूको लागि धेरै कथाहरु छन् र यहाँ केहि प्रसिद्ध र विशेष कथाहरू उल्लेख गरिएके छ ।

१. अर्जुन र चराको आँखा

बाल्यकालमा पढाउँदै गर्दा गुरु द्रोणले पाण्डव र कौरवको परीक्षण गरे । जसमा उनीहरूले रूखमा बसेर काठले बनेको चराको आँखामा निशाना लगाउनु पर्ने थियो । गुरुले आफ्ना विद्यार्थीहरूलाई तीरको निशानामा के देखिएको छ भनेर सोधेका थिए, केहीले पात रहेको बताए, केहीले रूख देखे, केहीले चरा देखे तर ती सबै विद्यार्थीमध्ये एकमात्र अर्जुनले गुरुलाई निशानामा चराको आँखा रहेको उत्तर दिए । तब गुरु द्रोणले परीक्षामा अर्जुन मात्र सफल भएको सुनाए । जसलाई अहिले अर्जुनदृष्टि भनेर पनि चिनिन्छ ।

२. अभिमन्युको बहादुरी

जब अभिमन्यु आफ्नो आमा सुभद्राको गर्भमा थिए, उनले आफ्ना पिता अर्जुनद्वारा युद्धमा बनाएको चक्रव्यूहलाई कसरी  तोड्ने भन्ने कुरा सिक्दै थिए । सोही समयमा सुभद्रा निदाएकोले सो चक्रव्यूह तोड्ने तरिका सिक्न सकेनन् । महाभारत युद्धको तेह्रौं दिनमा १६ वर्षीय योद्धा अभिमन्युले त्यही अज्ञानका कारण वीरगति प्राप्त गर्नुप¥यो ।

युद्धको क्रममा उनले द्रोणाचार्यद्वारा रचेको कठिन चक्रव्यूह तोड्दै आफूभन्दा कैयौं ठूला योद्धाहरूसँग लड्न पुगे । कौरवहरूले दुर्योधनलाई बचाउनको लागि सो क्रममा एकसाथ अभिमन्युमाथि हमला गरे । दुर्भाग्यवश, अभिमन्यु चक्रव्यूहबाट बाहिर आउन सकेनन् । उनले शत्रुलाई पूर्ण बहादुरीको साथ सामना गरे तर अन्तमा वीरगति प्राप्त गरे ।

३. एकलव्य अद्वितीय गुरु दक्षिणा

एकलव्य नामको एक आदिवासीको पनि महाभारतमा उल्लेख छ । उनी गुरु द्रोणाचार्यकहाँ धनुष विद्या सिक्न गएका थिए । तर गुरुले एकलव्यलाई सिकाउन इन्कार गरे किनभने उनले वचन दिए कि उनी आफ्नो ज्ञानलाई न्यायसंगत ढंगले प्रयोग गर्नेछन् । एकलव्य अत्यन्त दुः खी थिए, उनले द्रोणाचार्यको मूर्ति बनाए र त्यस मूर्तिको अगाडि बसेर दैनिक धनुष र वाणको अभ्यास गर्न थाले, अन्त्यमा उनी उच्च धनुर्धारी पनि भए । पछि यस विषयमा गुरु द्रोणाचार्यले आफ्नो मूर्ति अघि राखेर धनुर्विद्या सिकेकोले आफूलाई गुरु दक्षिणा दिन आग्रह गरे । गुरु दक्षिणा दिन एकलव्य तयार भए । द्रोणाचार्यले दाहिने हातको बुढी औला काटेर आफूलाई दिन गरेको आग्रह एकलव्यले सहर्ष स्वीकारे । जबकि उनको त्यो औंलाबिना सिकेको धनुर्विद्याको केही काम थिएन । त्यति हुँदा पनि गुरुले मागेपछि उनले आफ्नो हातै काट्न तयार भएका थिए ।

बच्चाहरूको लागि महाभारतमा नैतिक शिक्षा

–यदि तपाईंको ध्यान आफ्नो लक्ष्यमा छ भने तपाईं निश्चित रूपमा सफल हुनुहुनेछ ।

–एक शिक्षकले तपाईंलाई प्रेरणा दिन र सिकाउन सक्छ तर अभ्यासले तपाईंलाई सिद्ध बनाउँछ ।

–सधैं राम्रो मानिससँग मात्रै सम्बन्ध हुनुपर्छ । साथीहरू जो गलत मार्ग अनुशरण गर्छन् त्यसले विनाश मात्रै निम्त्याउँछ ।

–महिलालाई सम्मान गर्नुहोस्, महिलालाई सम्मान नगर्ने मानिसहरूलाई धेरै कठिनाइको सामना गर्नुपर्छ ।

–खराब बानी नराख्नुहोस्, जस्तै जुवातास खेल्ने, त्यस्ता बानीले सबै पक्षबाट हराउन सक्छ ।

–धेरै चाँडै हार नमान्नुहोस् र सधैं आफूले पाउनुपर्ने चीजहरूको लागि संघर्ष गर्नुहोस्

–तपाईं त्यस्तो काम नगर्नुहोस् जसबारे तपाईलाई पूर्ण ज्ञान छैन । यसले तपाईंलाई पराजित गर्नेछ ।

– साथी र आफन्तहरूको गलत बानीलाई कहिल्यै समर्थन नगर्नुहोस् । यसले केवल तपाईलाई समस्या निम्त्याउन सक्छ ।

–कसैलाई पनि कसैसित बदला लिने भावना कहिल्यै हुनुहुँदैन । –युद्धबिना नै तपाईं आफ्नो समस्याहरू समाधान गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment