+
+
Shares

गुल्मीमा निषेधाज्ञा हट्यो 

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते १९:०१

३१ भदौ, गुल्मी । गुल्मीमा भदौ १९ गतेदेखि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । कोरोनाको जोखिम बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाएको थियो ।

बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले अर्को सूचना जारी नहुन्जेल जिल्लामा जारी गरिएको निषेधाज्ञालाई हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

कोरोनाको जोखिम कायमै रहेकाेले भदौ १९ कै निर्णय अनुसार समय तालिका बनाएर व्ययसाय सञ्चालन गर्न दिइने निर्णय भएको पन्थीले जानकारी दिए ।

निषेधाज्ञा हटाइए पनि दूग्ध व्यवसाय बिहान ९-११ बजेसम्म, साँझ ४-६ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएकोे छ ।

तरकारी र फलफूल पसलहरु बिहान ७-९ बजेसम्म र साँझ ४-६ बजेसम्म खुल्ला गर्न पाउनेछन् । अन्य पसल, उद्योग व्यववसाहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने व्यवस्था मिलाइएको छ ।

अस्पताल, औषधि पसल र पेट्रोलपम्प लगायत अति आवश्यकीय सेवाहरु भने २४ सै घण्टा सञ्चालनमा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?