Comments Add Comment

कृषि ज्ञान केन्द्र पर्सामा समाजवादी युवाको धर्ना

१९ असोज, वीरगञ्ज । कृषि ज्ञान केन्द्रका कर्मचारीको लापरबाहीले अनुदानमा आएको रकम फ्रिज भएको भन्दै समाजवादी युवा संघले सोमबार कार्यालय अगाडि धर्ना दिएको छ । समाजवादी युवा संघका सहइन्चार्ज फिरोज मंसुरसहित संघका नेता कार्यकर्ताले धर्ना दिएका हुन् ।

कृषि ज्ञान केन्द्रका स्थानीय कर्मचारीले गुटबन्दी गरी कृषकलाई चुस्तदुरुस्त सेवा नदिएको तथा अनुदानको रकम फ्रिज गराएको उनीहरुको आरोप छ ।

किसानको १० करोड अनुदान फ्रिज गर्ने कर्मचारी चाहिँदैन, कृषिमा दलाल बिचौलिया अन्त्य गर, निकम्मा, कृषि अनुदानमा कमिसनको चलखेल बन्द गर लगायतका नारा लगाउँदै उनीहरु धर्नामा बसेका थिए ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवसँग १० करोड रुपैयाँ बराबरको अनुदान रकम फ्रिज भएको बारेमा सोध्दा चित्तबुझ्दो जवाफ नदिएपछि विरोध गरिएको मन्सुरले बताए ।

‘कृषि ज्ञान केन्द्र भनिएको छ, कृषिमा आवद्ध नभएका मानिसहरुको चहलपहल बढी देखिन्छ । ज्ञान केन्द्रमा आएको बजेट खर्च हुन सकेको छैन,’ उनले भने, ‘वितरण भएको कृषि यन्त्रहरु पनि किसानसम्म पुगेका छैन । त्यसैले विरोध गर्नुपरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment