+
+
Shares

साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २४ गते १२:१८
Photo Credit : Sajha Party
शरदराज पाठक

२४ असोज, काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ । यसअघि पाठक सहप्रवक्ता थिए ।

छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको साझा पार्टीको केन्द्रीय सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उमेदवार बनेका थिए ।

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए ।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?