
हिजोआज कुनै गीत सार्वजनिक हुन खासै समय लाग्दैन । गीत हतारमा लेखेर, हतारमै रेकर्ड गराएर हतारमै म्यूजिक भिडियो बनाएर हतारमै रिलिज गरिन्छ । संगीतमा सुगन्ध हराएको छ । हरेक दिन सार्वजनिक हुने गीतसंगीतमा मिठास हराएका छन् । प्रतिस्पर्धा र व्यापार मात्र फस्टाएको छ । युटुबमा भ्यूज र ट्रेन्डिङमा आएपछि २ दिन सामाजिक संजालमा रमाउनु बाहेक कुनै सर्जकले संगीत सिर्जना गरेर के उपलब्धी गर्यो भन्न सकिने अवस्था छैन ।
यसले उत्कृष्ट संगीत सिर्जना गर्ने, एउटै गीतका लागि महिनौ समय लगाएर संगीत बनाउने सर्जकहरु निराश हुन थालेका छन् । संगीतको बजारमा कला भन्दा पैसा हाबी छ ।
गायक शिव परियारको गुनासो पनि यस्तै छ । उनले संगीतलाई अन्न बालीसँग तुलना गरेका छन् । ३ महिनामा पाक्ने बालीलाई बिषादी प्रयोग गरेर एक महिनामै पकाए जसरी संगीत पनि यस्तै भएको उनको तर्क छ । उनले प्रश्न गरेका छन्–‘यसरी पाकेको संगीत संगीत जगतकै लागि के स्वस्थकर होला त ?’
उनले लेखेका छन्–‘संगीत भनेको अन्न बाली जस्तै लाग्न थालेको छ हिजोआज । जसरी सही हावा, पानी र वातावरण पाउँदा अन्न बाली सप्रिन्छ, नपाउँदा विग्रन्छ । त्यस्तैगरि संगीत पनि फुल्न सही हावा पानी र वातावरण चाहिने रहेछ । अन्न बाली रोप्न माटो, हावा, पानी र वातावरण चाहिए जस्तै संगीत रोप्न पनि श्रोताहरुको मिल्दो मन, भावना र मस्तिष्क चाहिने रहेछ ।’
प्रतिक्रिया 4