Comments Add Comment

जेसीजको राष्ट्रिय महाधिवेशन रुपन्देहीमा, सहभागीलाई पीसीआर रिपोर्ट अनिवार्य

३० असोज, बुटवल । नेपाल जेसीजको ४७औं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ । आगामी पुस १ गतेदेदखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसीजको आतिथ्यतामा महाधिवेशन गर्ने तय भएको जेसीजले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

महाधिवेशनमा एकजना अध्यक्ष, चारजना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरले बताए ।

महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार भने निर्वाचित अध्यक्षले मनोनित गर्न पाउने जेसीजको विधानमा व्यवस्था रहेको छ ।

एक हजार सात सयजना मतदाता रहेको जेसीज महाधिवेशनमा देशभरका १५७ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरु, उम्मेदवारलगायत तीन सय जनादेखि चार सय जनासम्मको उपस्थिति रहने अध्यक्ष शंकरले जानकारी दिए ।

विगतमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन हजार जनासम्म सहभागी हुने गरेकामा यस वर्ष कोरोना महामारीका कारण न्यून सहभागिता हुने उनले बताए ।

नयाँ नेतृत्वका लागि हालसम्म ६० जनाभन्दा बढीले विभिन्न पदमा उम्मेदवारी दर्ता गरिसकेका र अनलाइन भोटिङ वा शाखा अध्यक्षहरु मात्रै सहभागी हुन पाउने विशेष साधारणसभामध्ये कुन विधिबाट मतदान गर्ने भन्ने अझै निश्चित नभएको अध्यक्ष शंकरले बताए ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी महाधिवेशन सम्पन्न गर्न सम्बन्धित निकायबाट अनुमति लिइएको राष्ट्रिय उपाध्यक्ष गोविन्द पंगेनीले बताए ।

मंगलापुरस्थित बोधी भिल्ला रिसोर्टमा हुने महाधिवेशमा सहभागी हुन दुई दिनभित्रको पीसीआर परीक्षण रिपोर्ट पेस गर्नुपर्ने अनिवार्य गरिएको महाधिवेशन सचिवालयका महासचिव लोकनाथ खनालले बताए ।

चारदिनसम्म चल्ने महाधिवेशनमा कोरोना महामारीले पारेको असरबाट अर्थतन्त्रलाई पुर्ववत् अवस्थामा फर्काउन र उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रले के-के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी घोषणापत्र जारी गरिने सिनेटर प्रकाश पोखरेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment