+
+
Shares

१२ हजार घुस लिएको आरोपमा वन रक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १ गते ११:५६

१ कात्तिक, बुटवल । सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीबाट पक्राउ परेका हुन् ।

सेवाग्राहीसँगबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना नगरपालिका–६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?