Comments Add Comment

मोलेभ तूफानबाट भियतनाममा कम्तीमा २५ को मृत्यु

१३ कात्तिक, काठमाडौं । भियतनाममा मोलेभ तूफान र त्यसपछि आएको बाढी र पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

भियतनाममा आएको मोलेभ तूफानपछिको अविरल वर्षापछि क्वाङ नामको ग्रामीण क्षेत्रमा आएको पहिरोको कारण १३ जनाको मृत्यु भएको छ ।

साथै पहिरोा थप ४० जना हराइरहेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार तूफानको समुद्रमा १२ जना माझीको मृत्यु भएको छ ।

भियतनामका उपप्रधानमन्त्री ट्रिन डिङ डुङले खराब मौसमको कारण उद्धार कार्यमा समस्या भइरहेको बताए । उनका अनुसार भियतनामले उद्धारको लागि सयौंको संख्यामा प्रहरी खटाएको छ ।

स्थानीय टेलिभिजनले बिहीबार उल्लेख गरे अनुसार तुफानको कारण समुद्रमा हराएका १२ जना माझीको शव फेला परेको छ ।

थप १४ जना हराइरहेका छन् । अक्टोबरयता तूफान, भारी वषर्ा र बाढीको कारण १० लाखभन्दा धेरै मानिसहरु प्रभावित भइसकेका छन् ।

भियतनामको सरकारले दिएको जानकारीअनुसार तूफानको कारण १० लाखभन्दा धेरै मानिसहरु बिजुलीबाट बत्तिचत भएका छन् भने ५६ हजार घरहरु ध्वस्त भएका छन् ।

भियतनामको मौसम विभागका अनुसार शनिबारसम्म ७०० मिलिलिटरसम्म वर्षा जारी रहनेछ ।

स्रोत  : सेभेन न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment