Comments Add Comment

चीनको नानजिङले दिएको पीसीआर मेसिन कान्ति बाल अस्पताललाई

१७ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुईमध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सो मेसिन हस्तान्तरण गरिएको हो ।

करिब रु १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि सम्वोधन गर्दै प्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरे ।

‘भगिनी सम्वन्ध स्थापित भएका विभिन्न नगरहरुले काठमाडौँ महानगरपालिकालाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामाग्री चरणबद्ध रुपमा हामीले सरकारी अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ,’ शाक्यले भने, ‘सेवा कस्ले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ । यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment