+
+

मौसमी रुघा खोकी : आयुर्वेद र योगलाई उपयोग गरौं

डा.अच्युत शाली घिमिरे डा.अच्युत शाली घिमिरे
२०७७ कात्तिक १९ गते ७:१९

विश्वमा सबैभन्दा बढी लाग्ने स्वास्थ्य समस्या हो रुघाखोकी। मानिसलाई वर्षको एक–दुई पटकदेखि पाँच छ पटकसम्म रुघा लाग्न सक्छ। राइनो भाइरस, इन्फ्ल्युइन्जा आदिलाई रुघा लगाउने भाइरस भनिन्छ। रुघाखोकीलाई सरुवा रोगका रूपमा लिइन्छ। घरमा वा समुदायमा कोही एक जनालाई  कसैलाई रुघा लागेमा सरेर अरूमा पनि लाग्छ।

चिसो र भाईरसले गर्दा नै रुघा लगाउने भएको भएता पनि सबैलाई रुघा लाग्नुपर्ने हो तर सबैलाई नलागी केहीलाई मात्र रुघा लागेको देखिन्छ।  शारीरिक अवस्था र रोगप्रतिरोधात्मक क्षमताले पनि निर्धारण गर्छ ।जसको रोग प्रतिरोधात्मक क्षमता कम छ उसमा रुघाखोकी लगायत अरु रोग लाग्ने सम्भावना पनि बढी हुन्छ।

मौसमी रुघाखोकी के हो ?

शरीरमा जमेको फोहर विस्तारै रगत र श्वासप्रणालीसम्म फैलिन्छ र श्वास प्रणालीमा कफको रुपमा जम्मा हुन्छ। जब चिसो हावा, पानी र चिसो खानेकुराको सम्पर्कमा आउँछ तब श्वासप्रश्वासप्रणालीमा जम्मा भएको कफ या तरल रूपमा बग्न थाल्छ या जमेर श्वासप्रणालीलाई अवरोध गर्छ। यसरी शरीरमा जमेको त्यो फोहर चिसोको सम्पर्कमा आएपछि बाहिर निस्कन खोज्छ वा तातोको सम्पर्कले बाहिर निस्कन खोज्छ। जब मौसम परिवर्तन हुन्छ फोहर जमेको स्थानको तापक्रम असन्तुलन भई नाकबाट सिंगानका रूपमा बाहिर निष्काशन हुन खोज्छ जसलाई हामी मौसम परिवर्तन भएर लागेको रुघाखोकी भनेर बुझ्छौं।

डा.अच्युत शाली घिमिरे

कारण

– प्रोटिन जस्तै, माछा, मासु, अन्डा आदि धेरै खानु

– कृतिम चिल्लो जस्तै घिउ, तारेभुटेको खानु

– मैदा, तयारी जंक खानेकुरा बढी खानु

–तातोबाट एकाएक चिसो स्थानमा जानु

– वर्षाको पानीमा भिज्नु

–चिन्ता, उत्तेजना, रिस, क्रोधको अवस्थामा खानु

– निद्राको कमी

– दुग्ध पदार्थ दही, आइसक्रिम, मिठाई खानु

– चिसो फ्रिजको खानेकुरा खानु

– चिनी, कोल्ड ड्रिक्स, तयारी जुस रियल, फ्यान्टा आदि खानु

–रुघा लागेको मान्छेको सम्पर्कमा आउनु

लक्षण

– हाछ्यूँ आउनु, नाक पोल्नु र चिलाउनु

– नाक बन्द हुनु, टाउको भारी हुनु, दुख्नु,नाकबाट पातलो पानी बग्नु।

– केही दिनपछि नाकबाट गाढा पहेंलो सिंगान आउनु।

– घाँटीमा कफ जम्नु।

– गन्धको अनुभव नहुन, स्वादको अनुभव नहुनु।

– आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु।

– शरीर भारी हुनु, थकान हुनु, शरीर गल्नु।

– हल्का जोरो आउनु।

– खोकी लाग्नु।

नेपालमा जाडो याम केहि हद सम्म सुरु भैईसकेको छ। अहिले शरद ऋतु ( अश्विन र कार्तिक) चलिरहेछ र हेमन्त ऋतु (मंसिर र पौष) आउने क्रममा छ। ऋतु परिवर्तन संगै हुने शीत वायुको सम्पर्क , प्रदुषण ,एलर्जी वा संक्रमणका कारण रुघा खोकी जस्ता सम्स्या देखिन सक्छन्। रुघा खोकी जस्ता सम्स्या हुन बाट बच्न र भइसके पछि उपचारका लागि नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद र योग निकै नै उपलब्धि मुलुक हुन सक्छ।

आयुर्वेद

विशेष गरि चिसो बढ्ने हेमन्त र शिशिर ऋतुहरुमा रुघा र खोकीबाट बच्न आयुर्वेद,चरक संहितामा बर्णन गरिए अनुसारको ऋतुचर्या अवलम्बन गर्नु स्वास्थ्यका लागि फाईदाजनक हुन्छ।यस ऋतुमा शरीर संग शीत वायुको सम्पर्क हुदां अग्नि शरीर भित्र नै रोकिएर तीक्ष्ण हुन्छ जसका कारण गुरु मात्रा, गुरु द्रव्य पाचन गर्ने सामर्थ्य मिल्दछ।यस समयमा सात्म्य९हित० रस जस्तै स्निग्ध,अम्ल,लवण रस सेवन गर्नु पर्छ।त्यस्तै सात्म्य आहारहरुमा गोरस,इक्षुविकृति तैल,नयाँ अन्न,उष्ण जल आदिको सेवन गर्नु पर्छ। त्यस्तै सात्म्य विहारहरुमा उत्सादन,शिरमा तेल अभ्यंग,जेन्ताक स्वेद,उष्ण गर्भगृह,उष्ण भूमिगृह ,संवृतयान,शयन,आसन आदि गर्नुपर्छ।यस समयमा लघु,वातल आहार र कटु ,तिक्त,कषाय रसको सेवन असात्म्य (अहित) हुनजान्छ।

त्यस्तै, रुघा खोकी लागिसके पश्चात् आयुर्वेदमा वर्णन गरिएअनुसारको तुलसीको पात,बेसार,अदुवा,लसुन र महको सेवन विभिन्न किसिमबाट गर्नु फाईदाजनक हुन्छ।आधागिलास पानी उमालेर त्यसमा एक चम्चा कालो मरिचको पाउडर,एक चम्चा बेसार र एक चम्चा मह मिसाएर त्यसलाई केही बेर उमालेर नियमित सेवन गर्न सकिन्छ। पखालेको तुलसी पत्ता कुटेर रस निकाली त्यस रसमा मह मिसाएर चम्चामा तातो बनाएर दिनमा ३-४ पटक सेवन गर्न सकिन्छ।

एक गिलास तातो पानीमा मह र कागतीको रस मिसाएर दिनमा २-३ पटक पिउदा खोकी निको हुन सक्छ।अदुवालाई सानो सानो टुक्रा बनाएर एक गिलास पानीमा हालेर उमाल्ने र त्यो रस दिनमा ३-४पटक पिउदा रुघा खोकीमा फाईदाजनक हुन्छ। त्यस्तै लसुनको २-३वटा पोटी पिसेर,महमा मिसाएर थोरै थोरै सेवन गर्न सकिन्छ। एक चम्चा महमा आधा चम्चा प्याजको रस मिसाएर दिनमा २पटक सेवन गर्दा रुघा खोकीमा लाभदायक हुनसक्छ।

योग

विभिन्न अनुसन्धानका अनुसार, रुघा खोकीका बिरामीहरु जसले नियमित योग अभ्यास गर्छन् उनीहरुको स्वास्थ्य र जीवनमा गुणस्तरीय सुधार आएको देखिन्छ।योगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरीरलाई स्वस्थ र मजबूत  बनाउनमा मद्दत गर्दछ। डाक्टरको परामर्श र योग विशेषज्ञको निगरानीमा योग अभ्यास गर्नु उपलब्धिमुलक रहन्छ।निम्न योग आसनहरु आफूलाई सहज हुने किसिमले आफ्नै गतिमा गर्दा रुघा खोकी संग जुध्न सकिन्छस

१ . नाडीशोधन प्राणायाम

२ . अनुलोमविलोम

३ . मतस्यासन

४. कपालभाति

५. शवासन

६ . हस्तपादासन आदि ।

चिकित्सा शास्त्र अध्ययन संस्थान, व्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?