+
+
Shares

कनेक्ट आईपीएसमार्फत डिजिटल किनमेल

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते २०:४३

तिहारमाअनलाइन किनमेल अनलाइन भुक्तानीमाध्यमको प्रयोगलाई प्रोत्साहनगर्न एनसीएचएलले एनआइसी एसिया बैंक लि सँग सहकार्य गरी कनेक्ट डिजिटल किनमेल अफर ल्याएको छ ।

अफरअन्तर्गत बैंककाग्राहकहरुले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाइन किनमेल गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा प्रति कारोबार १५ प्रतिशत (अधिकतम रु ५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ देखि मंसिर १ सम्म लागू हुनेछ ।

बैंककाग्राहकहरुले कनेक्ट आईपीएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिन्क गरी बैंकबाट वा अनलाइनबाटै सेल्फ भेरिफाइ गराई सेवा सुचारु गर्न सक्दछन् ।

ग्राहकहरुलेे घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आईपीएसको वेभसाइट यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेठवेलगायतका माध्यमहरुबाट प्रयोग गर्नसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?