Comments Add Comment

दाद राेग पहिचानको तरिका, यसबाट बच्न के गर्ने ?

काठमाडौं । दाद आम मानिसमा देखिन सक्ने एक किसिमको संक्रामक समस्या हो । यो जुनसुकै उमेर समूह र जुनसुकै लिंगका व्यक्तिमा पनि देखिन सक्छ । तर यसको समस्या पहिचान गरेर समाधान गर्नको लागि भने सामान्य जीवनशैलीमा गरिने परिवर्तन मात्रै पर्याप्त रहेको चिकित्सकहरू बताउँछन् । दादको प्रकार, यसको समस्याका कारण र समाधानको उपायको बारेमा तल उल्लेख गरिएको छ ।

दादको प्रकार

दादका विभिन्न प्रकार हुन्छ । जसमा निम्नलिखित किसिमका छन् ।

टिनिया बारबाइ

यस किसिमको दादमा अनुदारको दारी आउने क्षेत्रमा र गर्धनमा बढी देख्ने गरिन्छ । जसको साथमा धेरै चिलाउने समस्या पनि देखिन्छ । यसको कारण कैयौं पटक कपाल नउम्रिने समस्याप नि देखिन्छ । यस्तो किसिमको दाद बढी दारी काट्न जाने समयमा देख्ने गरिन्छ ।

टिनिया क्यापेटिस

यो दाद खप्परमा हुन्छ । यो मुख्यगरी बच्चालाई बढी प्रभावित गर्ने खालको दाद हो । यो सामान्यतया बाल्यकाल वा किशोरावस्थामा हुने गर्छ । यो स्थिति सामान्य रुपले स्कुलमा समेत फैलिने गर्छ । टिनिया क्यापेटिसका कारण टाउकाको केही भागमा तालु खुइलिने गर्छ ।

टिनिया क्रुसिस

जोर्नी, पिँडुलाको भित्रि भाग र छातीको आसपासको छालामा हुने दादलाई क्रूसिस टिनिया नामले चिन्ने गरिन्छ । दादको यो प्रकार किशोर र पुरुषमा धेरै देखिने गर्छ ।

टिनिया पेडिस

खुट्टाको दादको सन्दर्भमा टिनिया पेडिस सबैभन्दा महत्वपूर्ण हुन्छ । यो उनीहरूको मान्छेमा धेरै देखिन्छ जो सार्वजनिक स्थानमा धेरै नग्न अवस्थामा हुन्छन् जस्तो सार्वजनिक शौचालय र स्वीमिङ पुल आदि ।

दालको लक्षण

दालको लक्षण यसको संक्रमणको आधारमा भिन्दाभिन्दै हुने गर्छ । जसमा छालाको संक्रमणका साथ अलगअलग अनुभव हुन सक्छ । जुन निम्नानुसार छन् ।

–छाला चिलाउने र छालामा देखिने विभिन्न किसिमको दाग

–दाग फैलिँदै जानु र एउटा क्षेत्रमा सबै दागैदाग देखिनु

–दागको बाहिरी भागको किनारामा रातो हुनु या एउटा औंठीको जस्तै दाग देखिनु ।

–शरीरको माथिल्लो भागमा देखिने विभिन्न किसिमको दाग

दादको कारण

दाद एक संक्रामक समस्या हो । यो एक परजीविको कारण हुने गर्छ । यो परजीवी तपाईंको बाहिरी छालाको कोशिकामा आक्रमण गर्ने र अनेक तरिकाले फैलिने स्वाभावको हुन्छ । यसको कारण निम्नानुसारको छ ।

एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलिनु – दाद संक्रामक समस्या हो । यो संक्रमित व्यक्तिको छालामा स्वस्थ व्यक्तिको छालाले छाइयो भने सर्न सक्छ ।

जनावरबाट मानिसमा –दादबाट ग्रसित जनावरलाई स्पर्श गर्नुले समेत दादको संक्रमण मान्छेको शरीरमा समेत सर्न सक्छ ।

विभिन्न वस्तुबाट मान्छेमा –मानव या जनावरद्वारा कुनै पनि संक्रमित वस्तुलाई छुनुले पनि दादको संक्रमण मान्छेमा फैलिन सक्छ । संक्रमितले प्रयोग गरेका वस्तुहरू जस्तै, काइँयो, ब्रस, कपडा आदि ।

यसबाहेक माटोबाट पनि दादको संक्रमण हुन सक्छ ।

दादबाट कसरी बच्ने ?

स्वस्थ व्यवहारले दादबाट पनि बच्न सकिन्छ । ज्यादा संक्रमण जनावरको संक्रमण र उचित स्वच्छताको कमीका कारण हुने गर्छ । दादबाट बच्नको लागि तल केही सुझावहरू उल्लेख गरिएको छ ।

–जनावरलाई छोएपछि आफ्नो हात धुनुहोस् ।

–पाल्तु जनावरलाई राख्ने ठाउँ सफा बनाउनुहोस् ।

–यदि तपाईंमा प्रतिरक्षा प्रणाली कमजोर छ भने त्यस्ता जनावरहरूको स्पर्शमा धेरैबेर नबस्नुहोस् ।

–वर्षाको समयमा सार्वजनिक स्थानमा जाँदा जुत्ता लगाएर मात्रै जाने गर्नुहोस् ।

–आफ्नो खुट्टालाई सफा र सुख्खा राखौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment