Comments Add Comment

स्वीट्जरल्याण्डले नेपाललाई सवा १ अर्ब बराबर प्राविधिक सहयोग गर्ने

२८ कात्तिक, काठमाडौं । स्वीट्जरल्याण्ड सरकारले नेपाललाई सवा एक अर्ब रुपैयाँ बराबरको प्राविधिक सहयता उपलब्ध गराउने भएको छ । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच मोटोरल लोकल : रोड ब्रीज प्रोग्राम (एमएलआरबीपी)को चौथो चरणका लागि ९.८२ मिलियन स्वीस फ्रांक (१ अर्ब २६ करोड) उपलब्ध गराउने सम्बन्धमा द्धिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री विण्णु पौडेलको उपस्थितिमा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्डका तर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गरेका छन् ।

सोही अवसरमा अर्थमन्त्री पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच मन्त्रालयमा भेटवार्ता भएको छ । उक्त अवसरमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधै सुखद् र असल सम्बन्ध कायम रही रहेको र असल सम्बन्धलाई आपसी विश्वास र सहकार्यको मध्यमबाट अझ गहिरो बनाउने आफ्नो प्राथमिकता रहेको विचार व्यक्त गरेका छन् ।

अर्थमन्त्री पौडेलले कोभिड १९ ले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकता आवश्यक रहेको समेत बताए । उनले दोश्रो लहरको प्रभाव रोक्न युरोपियन मुलुकहरुले चालेका कदमहरुको प्रशंसा गर्दै स्वीस सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर सहयोगको लागि धन्यवाद समेत ज्ञापन गरेका छन् ।

भेटमा राजदूत एलिजावेथ भोन क्यापेलरले नवनियुक्त अर्थमन्त्रीलाई बधाई ज्ञापन गरेकी थिइन् । उनले वर्तमान सरकारको प्राथमिकता अनुरुप विकास क्रियाकलापहरुमा स्वीस सरकारको सहयोग एवं साथ रहने प्रतिवद्धता व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment