Comments Add Comment

स्रोतले भ्याएसम्म जेष्ठ नागरिकको थप सुविधा बढाइन्छ : राज्यमन्त्री मानन्धर

फाइल तस्वीर

३० कात्तिक, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जेष्ठ नागरिकको उपचार, संरक्षण र सामाजिक सुरक्षा लगायतका सम्पूर्ण प्रबन्ध सरकारले गरिरहेको बताएका छन् । स्रोतले भ्याएसम्म थप सुविधा बढाउने तयारी गरिरहेको पनि उनले बताए ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले सो जानकारी दिएका हुन् ।

जेष्ठ नागरिक इतिहासका जिउँदा दस्तावेज भएको बताउँदै उनले कोरोना महामारीबाट जेष्ठ नागरिक बढी प्रभावित हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रहसमेत गरे ।

राज्यमन्त्री मानन्धरले काठमाडौं उपत्यकासँगै जोडिएका स्थानहरुमा नयाँ शहरको परिकल्पना गरेको बताउँदै नुवाकोट छिट्टै समृद्धिको केन्द्र बन्नेसमेत बताए । निकट भविष्यमै बन्ने रेल मार्ग र सुरुङ मार्गका कारण नुवाकोट एक प्रमुख शहरका रुपमा विकसित हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment