Comments Add Comment

नेपाल र बंगलादेशबीच दोस्रो खेल आज, बदला लेला नेपालले ?

२ मंसिर, काठमाडौं । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीच दोस्रो मेत्रीपूर्ण खेल नेपाली समयअनुसार पौने ५ बजे ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ ।

शुक्रबार भएको पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने लक्ष्यमा छ । केही सिनियर खेलाडीहरु टिममा नहुनु र फिटनेसमा पनि कमजोर देखिएको नेपालले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सकेको थियो ।

रंगशालामा उपस्थित हजारौँ घरेलु दर्शकका कारण पनि बंगलादेश पहिलो खेलमा उत्साहित देखिएको थियो ।

दुई खेलको सिरिज भएकाले नेपाल दोस्रो खेल जित्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । नेपालका अन्तरिम मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि दोस्रो खेल जित हात पार्ने लक्ष्य रहेको बताएका छन् ।

पहिलो खेलअघि कोरोना पोजेटिभ देखिएकाले खेल्न नपाएका डिफेण्डर रजिन धिमाल कोरोना संक्रमणबाट मुक्त भएर प्रशिक्षणमा फर्किइसकेका छन् । उनले दोस्रो खेल पहिलो रोजाइमा खेल्ने सम्भावना पनि छ ।

यस्तै पहिलो खेलमा डेब्यु गरेका युवा खेलाडीहरु विकास खवास, एरिक विष्ट र दर्शन गुरुङको प्रदर्शन नेपालको लागि सकारात्मक विषयको रुपमा रहेको छ । नेपाली टिममा गोलरक्षक विशाल श्रेष्ठसहित अझै ६ खेलाडीले डेब्यु गर्न बाँकी छ ।

पहिलो खेलमा सहज जित हात पारेको बंगलादेशी टोली दोस्रो खेलमा पनि उकत लय कायम राख्दै मुजिब बोर्शो फिफा अन्तर्राष्ट्रिय सिरिज ट्रफी घरमै राख्न चाहन्छ । पहिलो खेलपछि कोरोना संक्रमित भएका बंगलादेशका मुख्य प्रशिक्षक जेमी डे दोस्रो खेलमा टसलाइनमा हुने छैनन् ।

२०२२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत २०२१ मा हुने समूह चरणको बाँकी खेलको तयारी स्वरुप नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल खेलिएको हो । यस्तै फिफा वरीयतामा पनि यो दुई खेलले प्रभाव पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment