Comments Add Comment

चिनियाँ विदेशमन्त्री नोभेम्बर अन्तिम साता जापान र दक्षिण कोरिया भ्रमणमा जाँदै 

Photo Credit : Reuters

५ मंसिर, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यिले नोभेम्बरको अन्तिम साता जापान र दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेशमन्त्री यिले आगामी मंगलबार जापानको भ्रमण गर्नेछन् । जापानको विदेशमन्त्रालयका अनुसार वाङ यिले मंगलबार जापानको भ्रमण गर्नेछन् । उक्त भेटमा जापान र चीनको बीचमा जारी मतभेदहरु समाधानको प्रयास हुने र कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण समस्यामा परेको अर्थतन्त्रमा पनि सुधारको विषयमा छलफल हुनेछ ।

गत फेब्रुअरीपछि पहिलोपटक चिनियाँ शीर्ष अधिकारीले जापानको भ्रमण गर्न लागेका हुन् । जापानको भ्रमण सकाएर चिनियाँ विदेशमन्त्री बुधबार तीनदिने भ्रमणका लागि दक्षिण कोरिया पुग्नेछन् । दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार उनको भ्रमणको क्रममा उत्तर कोरिया र कोरोना महामारीजस्ता विषयहरुमा छलफल हुनेछ । दक्षिण कोरियामा चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । वर्षको सुरुमा नै चिनियाँ राष्ट्रपतिले दक्षिण कोरिया भ्रमण गर्ने तालिका भए पनि कोरोना महामारीको कारण उक्त भ्रमण स्थगित भएको थियो ।

पछिल्लो समय अमेरिकासँगको सम्बन्ध चिसिएसँगै चीनले एसियाली मुलुसँगको सम्बन्धमा जोड दिएको छ । केही समयअघि चीनले जापान र दक्षिण कोरियासहितका १५ मुलुकको आरसीईपी सम्झौतामा हस्ताक्षर गरेको थियो ।

स्रोत : रोयटर्स, निक्केई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment