Comments Add Comment

चिनियाँको खानपान : रैथाने शैली र पश्चिमीकरणको प्रभाव

चिनियाँ विकासले द्रूत रुप लिँदैछ । विश्वव्यापी रुपमा यसको प्रभाव पनि परिरहेको छ । तर विश्वव्यापीकरणको चपेटामा चिनियाँ खानपानको शैली पनि बदलिने गरेको पाइन्छ । चिनियाँ खानालाई उत्कृष्ट खानपानको नमुना मान्छन् । तर पछिल्लो समय चिनियाँ खाना नै अन्य देशको खानासँग फ्युजन भएर परिवर्तन भएको मान्ने गरिन्छ । पश्चिमाकरणको प्रभावसँगै चिनियाँ खानपान शैलीमा पनि ठूलो प्रभाव परेको छ । खाना खाने समय, एक्लै खाना खाने र सामूहिक खाना खाने शैली आदिमा पछिल्लो समय भिन्नता आएको पाइन्छ ।

मान्छेलाई बाँच्न र स्वस्थ हुनको लागि खाद्य पदार्थमा पोषक तत्वको मात्रा पर्याप्त हुनुपर्छ । मान्छेको  उमेर, लिङ्ग र शारीरिक गतिविधिका आधारमा पोषक तत्वको आवश्यकता पर्ने गर्छ । यसलाई स्थान विशेष हावापानीले पनि प्रभावित गराएको हुन्छ । खाना सेवनमा ध्यान दिने चलनले मान्छेको जैविक विशेषतामा पनि फाइदा गर्ने गर्छ । जापानीहरू किन लामो समय बाँच्छन् ? भन्ने प्रश्नको उत्तर उनीहरुको जीवनशैलीले दिने गर्छ । खानाले नै जीवनका विविध पक्षहरू आर्थिक, राजनीतिक, सांस्कृतिक  र अन्य धेरै कारकहरूलाई प्रभावित पार्छ र यी कारकबाट खानपान शैली पनि प्रभावित हुन्छ ।

चिनियाँहरुको खानपान शैली र व्यवहारको बारेमा जर्नल अफ इथिक्स फुडले गरेको अध्ययनले उनीहरूको भोजन शैली, खाना वितरण गर्ने तरिका आदिका बारेमा उल्लेख गरेको छ । मान्छेलाई विभिन्न किसिमका पोषणको आवश्यकता पर्ने गर्छ । यी पोषणहरू हामीले खद्यान्नबाट तयार पार्ने गरिन्छ । खाद्यान्नको छनौट र खपतसँग सम्बन्धी आचरणले पोषक तत्वहरूको सेवनलाई प्रत्यक्ष असर गर्छ, जबकि यी व्यवहारहरू सामाजिक, आर्थिक र सांस्कृतिक कारकहरूद्वारा प्रभावित हुन्छन् । तसर्थ,  मानव पोषणको अनुसन्धान क्षेत्र जैविक विज्ञानमा सीमित हुनुहुँदैन भन्ने मान्यता उक्त जर्नलमा प्रकाशित आलेखको आशय हो ।

खानाको सेवा गर्ने तरिका

जहिलै पनि खानेकुरा टेबलको बीचमा राखिन्छ, ताकि मानिसहरूले साझेदारी गर्न सकियोस् । नेपाली परम्परामा जस्तो एउटाले खाना खाइसकेपछि अरूले खानेभन्दा पनि टेबुलको बीचमा राखेर सबैलाई एकैपटक खाना वितरण गर्ने गरिन्छ । चिनियाँ परम्परा अनुसार खाना खुवाउने बेलामा सबैभन्दा पहिले बुढाबुढी र त्यसपछि अरू सदस्यलाई खाना खुवाउने गरिन्छ । चीनको कतिपय ठाउँमा पूरै परिवार एकै ठाउँमा बसेर खाना खाने चलन पनि छ । धेरै ठाउँमा महिलाहरूले पुरुषलेभन्दा ढिला खाना खान्छन् ।

खाना पस्किने संस्कृतिलाई हेर्दा पश्चिमा र चिनियाँ संस्कृतिमा पूरै भिन्नता पाउन सकिन्छ । एक्लाएक्लै खाना खाने पश्चिमी संस्कृति हो भने चीनको भोजन संस्कृतिमा जहाँ सुकै पुगेपनि सकेसम्म सामूहिक भोजन प्रणाली प्रयोग गर्ने गरिन्छ । सामूहिक भोजन प्रणाली द्वन्द्वको समयमा बढी अपनाइने भोजन प्रणाली हो । यसमा संक्रामक रोगहरूको फैलावटको समस्याा बाहेक भोजन शैलीमा यो उत्कृष्ट भोजन शैली मान्ने गरिन्छ ।

खानाको मात्रा

झण्डै ९४ प्रतिशत चिनियाँहरू दिनको तीन पटक खाना खाने गर्छन् । जबकि ५ प्रतिशतले दिनको दुई पटक खाना खाने गर्छन् । यद्यपि यस्तो अवस्था सहरी र ग्रामीण क्षेत्रमा फरक हुने गर्छ । गरिब ग्रामीण क्षेत्रका बासिन्दाहरू दिनमा दुई पटक खाना खान्छन् । उत्तरी ग्रामीण क्षेत्रका बासिन्दाहरूको फसल मौसम अनुसार बदलिने गर्छ । त्यही फसलको उत्पादनको आधारमा ग्रामीण चिनियाँहरूको खानपान दुई वा तीन पटक खाने भन्ने तय भएको छ । चीनको राष्ट्रिय पोषण सर्वेक्षणले संकेत गरेअनुसार विभिन्न जातीय समूहका बासिन्दाहरूको खाने व्यवहारमा फरक पर्छ ।

बिहानको खाजा,  खाना  र बेलुकाको खाना

चिनियाँ जनताको बिहानको खाजाको समय सामान्यतया बिहान ६ बजेदेखि बिहान ८ बजेसम्म हुने गर्छ । केही व्यक्तिले सप्ताहन्तमा भने खाना र खाजा एकै पटक पनि खाने गर्छन् । सीमित मान्छे मात्रै बिहानको खाजा घर वा रेस्टुरेन्टमा खान्छन् । धेरैले कार्यक्षेत्रमा नै यस्तो खाना खाने गर्छन् ।

बेइजिङ,, शाङ्घाई र ग्वान्जाओमा गरिएको सर्वेक्षणले देखाएअनुसार केही व्यक्तिहरू प्रायः उनीहरूको बिहानको खाजा खान छाड्ने गरेको पाइएको छ । ३५ वर्षभन्दा माथिका मानिसहरूमा हरेक दिन बिहानको खाजाको अनुपातमा ३५ वर्षभन्दा कम उमेरका मानिसले धेरै खाना खाने गरेका थिए ।

सो अध्ययनका अनुसार बिहानको खाना खानेहरूले फलफूल, तरकारी, दूध कुखुराको खुट्टा आदि खाने गर्छन् । उत्तरी चिनिया भेगका मान्छेहरू रोटी, दलिया, चाउचाउ जस्ता खानेकुरा खान्छन् । प्रायको बिहानी खाजामा तरकारी र फलहरू पर्दैन।

दिउँसोको खाना प्रायः ११ः३० देखि दिउँसो १ः०० बजेको बीचको खाजा खाए। चीनमा सानो सहरी भेग र ग्रामीण इलाकाका मानिसहरू खाजाको लागि घर जान्छन् । ठूला सहरी भेगका मान्छे भने क्यान्टी, रेस्टुरेन्टहरू वा फास्टफूड पसलहरूमा खाना खाने गर्छन् । अहिले पश्चिमा प्रभावले चीनमा पनि फास्टफुडको व्यापार मौलाएको छ ।

साँझमा बेलुका ७ बजेदेखि साढे ७ को बीचमा खाना खाने गर्छन् । सहरी क्षेत्रमा प्रायः सँगै बसेर पारिवारिक जमघटमा खाना खाने चलन हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment