Comments Add Comment

शरीरमा इम्युनिटी विकासका सम्बन्धमा एन्थोनी फाउचीलाई ३ प्रश्न

अमेरिकाका वरिष्ठ फिजिसियन एवं ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका सदस्यको भूमिकामा समेत काम गरेका व्यक्ति हुन् डा. एन्थोनी फाउची । कोरोना भाइरसले अमेरिकामा उग्र रूप लिएको बेलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई कसैले खुलेर आलोचना गर्थ्याे भने त्यसमा फाउचीको समेत नाम आउने गर्थ्याे । तिनै फाउचीले शरीरमा इम्युनिटी बढाउनको लागि केही सुझावहरु दिएका छन् । इन्स्टाग्राममा अमेरिकी अभिनेत्री जेनिफर गार्नरलाई दिएको अन्तर्वार्तामा नियमित खानामा केही पूरक पदार्थ थप गर्दा शरीरको प्रतिरक्षा प्रणाली चुस्त राख्न सकिन्छ भन्ने राय फाउचीले दिएका छन् ।

‘यदि तपाईंमा भिटामिन डीको कमी छ भने यसले तपाईंको संवेदनशीलतामा असर पार्छ,’ नेसनल इन्स्टिच्युट अप एलिर्जी एण्ड इन्फेक्सन डिजिजका निर्देशक डा फाउची भन्छन् ‘मलाई सिफारिस मात्रै गर्नु उचित लाग्दैन । त्यसैले म आफैँ यसको कार्यान्वयनमा लाग्छु । म नियमित खानामा भिटामिन डी युक्त खानालाई पूरक खानाको रुपमा लिनेगर्छु ।

डा. फौचीले अर्को भिटामिनको पनि सिफारिस गर्छन् । मानिसहरूले एन्टिअक्सिडेन्टको लागि भिटामिन सी पनि पूरक पोषक तत्वको रूपमा लिन सक्छन् । यद्यपि त्यस्ता पूरक तत्वहरु पालुंगोको साग जस्ता खानेकुराबाट लिन सकिन्छ भन्ने कुरामा भने भर नपर्न उनी सुझाव दिन्छन् ।

उनका अनुसार भिटामिन डीले श्वासप्रश्वासको संक्रमणसँग लड्न मद्दत गर्छ भन्ने स्पष्ट प्रमाणहरू भेटिएका छन् । भिटामिन सी र प्रतिरक्षा प्रकार्यबीचको सम्बन्ध कम मानिसहरुका लागि कम स्पष्ट छ । तर, उनी थप्छन्, “यसले चोट पुर्‍याउँदैन।“ तपाईंलाई थाहा हुनु पर्ने कुरा यहाँ छ।

भिटामिन डीले कसरी तपाईंको प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्न सक्छ भन्ने प्रश्नमा डा. फाउची भन्छन्:

भिटामिन डी एक फ्याट–घुलनशील भिटामिन हो, जुन स्वाभाविक रूपमा केही खाद्य पदार्थमा पाइन्छ । जस्तै, फ्याट माछा, पनीर र अण्डाको खोक्रा आदिमा पाइने कुरा अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ अफिस अफ डाइटरी सप्लिमेन्टले जनाएको छ । यो भिटामिन जब सूर्यबाट आउने किरणले तपाइँको छालामा प्रवेश गर्छ । तपाईको शरीरमा त्यहीँबाट भिटामिन डी उत्पादन हुन्छ ।

भिटामिन डीले हाम्रो शरीरमा धेरै फाइदा गर्ने गर्छ । हड्डीहरूलाई सुदृढ पार्ने, सूजन कम गर्ने र प्रतिरोधात्मक कार्यमा सहयोग पु¥याउने काम यही भिटामिनले गर्ने गर्छ ।

यहाँ एउटा ठूलो कारण हुन्छ भिटामिन डीले शरीरमा चाहिने पूरक तत्व पूरा गर्न मद्धत गर्छ । तर सबैमा भिटामिन डीको मात्रा नियमित रुपमा शरीरमा प्राप्त हुँदैन जसले गर्दा यसले शरीरमा पूरक तत्वको पूर्ति गर्न सक्दैन ।

विभिन्न अध्ययन एवं तथ्यांक विश्लेषणबाट पत्ता लागेको छ कि मानिसहरूले साप्ताहिक वा दैनिक भिटामिन डीको लिनाले श्वास नलीमा हुने संक्रमणलाई कम गर्न सकिन्छ ।अर्को एक व्यवस्थित समीक्षाले भिटामिन डीबाट प्राप्त हुने पूरक तत्वले श्वासप्रणालीको संक्रमण विरूद्ध ‘सुरक्षात्मक प्रभाव’ पार्ने गर्छ ।

फाउचीलाई अर्काे प्रश्न थियो भिटामिन सीले कसरी तपाईंको प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्न सक्छ ? उनी भन्छन्ः

डा. अदलजा भन्छन् ‘भिटामिन डीको बारेमा पर्याप्त तथ्यांकहरु पाइन्छ ।’ तर भिटामिन सीको बारेमा डीको तुलनामा कम अध्ययनहरु भेटिन्छ । यदि तपाईं यो पोषक तत्वसँग परिचित हुनुहुन्न भने भिटामिन सी पानीमा घुलनशील भिटामिन हो, जुन स्वाभाविक रूपमा केही खानामा पनि हुन्छ । जस्तै स्ट्रबेरी, ब्रोकोली र टमाटर आदि । यो एक एन्टिअक्सिडेन्ट युक्त खानेकुरा हो । जसले प्रतिरक्षा कार्यमा महत्वपूर्ण भूमिका खेल्छ ।

कोच्रेन पुस्तकालयका अन्वेषकहरूद्वारा गरिएको एउटा अनुसन्धानात्मक विश्लेषणमा सर्दी लागेको बेला भिटामिन सी सप्लिमेन्ट लिनेहरू वयस्कले ८ प्रतिशत र बच्चाहरूले १४ प्रतिशतसम्म सर्दी कम गर्न सफल भएको देखाएको छ ।

यदि तपाईं धेरै व्यायाम गर्नुहुन्छ भने भिटामिन सी सप्लिमेन्टले पनि तपाईंलाई मद्दत गर्न सक्छ ।

फेरि त्यसो भए तपाईं पनि नियमित भिटामिन डी र भिटामिन सी सप्लिमेन्ट लिनुहुन्छ? भन्ने अर्काे प्रश्नमा उनी भन्छन्ः

सबैले पूरक पोषक तत्व लिनुपर्छ भनेर एउटा चिकित्सकको रुपमा दाबी गर्नु कठिन काम हो । तर उत्तरपूर्वी ओहियो मेडिकल युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ प्रा. रिचार्ड वाटकिन्सले सामान्य मान्छेलाई पूरक तत्वले स्वस्थ राख्न र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन भने मद्धत गर्छ ।

अमेरिकी अभिनेत्री जेनिफर गार्नरसँग फाउचीले इन्स्टाग्राममा दिएको अन्तर्वार्ताको आधारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment