Comments Add Comment

उद्योग वाणिज्य महासंघको निर्वाचनमा आकाशलाई मदनकृष्णको साथ

आकाश भन्छन्– चलचित्र उद्योगको उत्थान र प्रवद्र्धन नै मूख्य एजेण्डा

मंसिर १३ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा निर्माता तथा निर्देशक आकाश अधिकारीले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । अधिकारीले दोस्रो पटक महासंघको केन्द्रीय सदस्यमा दोहोरिन लागेका हुन् ।

पहिलो कार्यकालमा भन्दा अधिकारीलाई यो चुनावमा अलि बढी प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । यद्यपि अधिकारीले सबैको माया, सद्भाव रहेकाले आफूले जित हात पार्ने दावी गरेका छन् । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पनि नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नका लागि अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

निकै पछि मात्रै चलचित्र क्षेत्रलाई उद्योगको रुपमा मान्न थालिएको र यो क्षेत्रलाई उद्योगको रुपमा स्वीकार गर्ने बनाउन अधिकारीको भूमिका उल्लेखनीय रहेको भन्दै कलाकार श्रेष्ठले उनलाई सबैले जिताउनु पर्ने बताए । अधिकारीका विषयमा कलाकार श्रेष्ठले अनलाइनखबरमा राखेको धारणा यस्तो छ : 

‘‘म लामो समयदेखि चलचित्र क्षेत्रमा आवद्ध छु । यो क्षेत्रका धेरै विषयहरु मलाई जानकारी छ । कला क्षेत्रका विभिन्न हास्यव्यंग्य, संगित, नाटक, चलचित्र धेरै क्षेत्रमा काम गरेकाले यो क्षेत्रको बारेमा जानकारी नहुने कुरा भएन । आगामी शनिबार नेपाल उद्योग वाणिज्य महासंघको चुनाव हुँदैछ । यो चुनावमा चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्दै चलचित्र निर्माता निर्देशक आकाश अधिकारी पनि चुनावमा उठ्नु भएको छ । वस्तुगत तर्फबाट केन्द्रीय सद्यसयमा उठ्नु भएको छ ।

आकाशलाई मैले नजिकबाट चिनेको छु । चलचित्र क्षेत्रलार्य माथि उठाउन वहाँको भूमिका धेरै राम्रो छ । वहाँले चलचित्र क्षेत्रका लागि धेरै गर्नु भएको छ । पहिला पहिला चलचित्र क्षेत्रलाई उद्योगको रुपमा गनिदैन थियो ।

उद्योगको रुपमा दर्ता वहाँले गराउनु भयो । वहाँको उपस्थितिले महासंघमा धेरै राम्रो हुन्छ । त्यति राम्रो संस्थामा वहाँको उपस्थिति हुन पाएमा सबैलाई राम्रो हुन्छ । एफएनसीसीआई भनेको सबै क्षेत्रका उद्योग व्यवसायको छाता ठूलो संगठन हो । त्यहाँ फलाम, खाद्यान्न, औसधी देखि धेरै प्रकारका जति पनि उद्योग छन् ति उद्योगीहरु आवद्ध हुनुहुन्छ ।

सबैभन्दा ठूलो र सबैको साझा गरिमामय संस्था भएकले त्यहाँ सबै क्षेत्रका एकदमै सक्रिय व्यक्तिहरुको उपस्थिति हुनुपर्छ । त्यहाँ उपस्थितमात्रै भएर, नाममात्रै राखेर हुँदैन । सक्रिय व्यक्तिको आवश्यकता पर्छ ।

आकाश अधिकारी एउटा सक्रिय र सफल व्यक्ति समेत हो । वहाँले बनाएका चलचित्रहरु धेरै राम्रा छन्, राम्रा रेकर्ड राखेका छन् । चलचित्र क्षेत्रमा सानो क्षेत्र पक्कै होइन । यसले लाखौं लाख व्यक्तिहरुलाई रोजगारी दिएको छ । सिनेमा हलमा होस या हलका वरीपरी पसलहरुमा होस् धेरै स्वरोजगार समेत भएका छन् । धेरै प्राविधिकहरुले रोजगारी पाएका छन् ।

चलचित्रका कारण पर्यटन क्षेत्रको पनि धेरै राम्रो विकास हुन्छ । हाम्रो देशमा पर्यटनका धेरै सम्भावनाहरु छन् । जसलाई चलचित्रको माध्यमबाट प्रवद्र्धन गर्न सकिन्छ । जस्तो हामीले लालपुर्जा भन्ने टेलिफिल्म बनायौं । त्यसको सुटिङ जोमसोममा पनि भयो । जसले गर्दा आन्तरिक पर्यटन प्रवद्र्धनमा राम्रो सहयोग पुग्यो ।

यसकारण पनि यो क्षेत्रको महत्व छ । यो क्षेत्रको विकासका लागि महासंघमा राम्रो व्यक्ति चाहिन्छ । हामी अहिले ९÷१० वटा संस्थाको ब्रान्ड एम्बासडर हुन पाएका छौं । यसले हामी पनि सर्भाइभ हुन पाएका छौं । अहिले हामी मुलुकको आर्थिक समृद्धिको कुरा गर्दैछौं । हामीले देशको आर्थिक विकास गर्नुपर्नेछ ।

यसका लागि महासंघको भूमिका निकै ठूलो हुन्छ । राजनीतिक क्षेत्र अहिले पनि सत्ता प्राप्तिमा केन्द्रि भए जस्तो देखिन्छ । हामीले उठान गर्नु पर्ने विषय आर्थिक तथा सामाजिक नै हो । उद्योग व्यवसायहरु नहुने हो भने अहिले जति रोजगारी छ त्यो पनि हुँदैन थियो । यहाँ अझै रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ ।

उद्योगी व्यवसायीहरुको कति सम्पत्ति छ भन्ने भन्दा पनि कति मान्छेलाई रोजगारी दिए भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपाली उद्योग व्यवसायमा लाखौंलाख युवाहरुले रोजगारी पाएका छन् । सरकारबाट कर्मचारीहरुमात्रै पाल्ने काम भइरहेको छ भने उद्योग व्यवसायबाट रोजगारी पनि सिर्जना गर्ने र राज्यको आम्दानी पनि बढाइदिने काम भइरहेको छ ।

उद्योग वाणिज्य महासंघ त्यस्तो संस्था हो जसमा मुलुकको आर्थिक समृद्धिमा लैजाने व्यक्तिहरु हुनुहुन्छ । त्यहाँ एकदमै सक्रिय सक्रिय, भिजन भएको मान्छेहरुको आवश्इकता पर्छ ।

यो आवश्इकतामा आकाश अधिकारीले पनि राम्रो भूमिका निभाउनु हुनेछ । वहाँको उपस्थितिले महासंघमा पनि राम्रो टेवा पुग्ने मैले महशुस गरेको छु । यसकारण पनि मैले विशेष जोडका साथ भनिरहेको छु, अकाश अधिकारीलाई धेरै मतले जिताउनुस् । तपाईहरुको मत खेर जाने छैन ।’’

चलचित्र उद्योगको उत्थान र प्रवद्र्धन नै मूख्य एजेण्डा

चलचित्रका निर्माता, निर्देशक तथा कलाकार आकाश अधिकारीले चलचित्र उद्योगको उत्थान र प्रवद्र्धन नै मूख्य एजेण्डा बनाएर चुनावमा होमिएका छन् ।

नेपाली चलचित्रको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेका अधिकारी अब निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघमा चलचित्र उद्योगको सशक्त उपस्थिति देखाउन पनि आफ्नो उपस्थिति आवश्यक रहेको बताउँछन् ।

उनी ३ वर्ष अघि पनि सोहि पदमा निर्वाचित भएका थिए । यस अवधीमा उनले चलचित्र एवम् मनोरन्जन फोरमको सभापति भएर काम गर्ने अवसर समेत पाए । अझै गर्नु पर्ने कामहरु धेरै रहेको भन्दै उनले आफूलाई जिताउन आग्रह गरेका छन् ।

उनले आफ्नो उम्मेद्वारीका विषयमा यसरी सुनाएः

‘‘उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं राष्ट्रिय अशिवेशनमा वस्तुगत तर्फको कार्यकारिणि समिती सदस्यमा मैले पुनः एक पटक उम्मेदवारी दियको छु ।

मलाई यस अघि सबैले माया गरेर जिताउनु भयो । मैले आफूले गर्नुपर्ने कामहरु धेरै गरेको छु । मैले भारतबाट चलचित्र निर्देशन तथा अभिनयमा स्नात्तकोत्तर गरी २६ बर्ष पुर्व नेपाल प्रवेश गरी आजका दिनसम्म पनि यसै क्षेत्रमा सक्रियताका साथ निरन्तरता दिइरहेको छु ।

चलचित्र उद्योगको उत्थान र प्रवर्धन नै मेरो मुख्य लक्ष हो । यस उद्योगको उज्जल भविश्यमा नै हामी चलचित्रकर्मीको भविश्य छ । २०७३ सालमा जब २१ जना टिम सहित निर्बिरोध नेपाल चलचित्र निर्माता संगको अध्यक्ष पदमा निर्वाचित भए, त्यहाँदेखिको निरन्तर प्रयास पछि सेवामुलक नेपाल चलचित्र क्षेत्रलाई, नेपाल चलचित्र निर्माता संघको मेरो टिम, चलचित्र समन्वय समितिको साथ, महासंघको सहयोगले र मेरो अथाह प्रयसले ३ वर्ष भित्र नेपाल सरकार अन्तर्गत राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा सुचीकृत गराउन सफल भएको छु ।

नेपाली चलचित्रको भारतमा सेंसर गर्न १ देखि ३ महिनाको समय लाग्थ्यो, पटक कथा संवादलाई हिन्दिमा अनुवाद गर्नु पथ्र्यो तर आज अनलाइन बाट सेंसरको मिति लिन सकिन्छ । नेपाली संवादलाई नै मान्यता दीलायको छु दिलाएको छु । किन हामीले हाम्रो अधिकार लिन सकेका थिएनौ ।

जब ३१ अगस्ट १९९२ मा भारतको सम्मिधानमा नेपाली भाषाले १६औं स्थान पायो तब देखी नेपाली भाषामा सेंसर गर्न पाउनु हाम्रो अधिकार हो र नेपाली भाषा बुझ्ने व्यक्ति सेंसरमा राख्नै पर्ने भयो ।

हाम्रो संविधानमा नभएको भाष हाम्रो सेंसर बोर्डले बुझ्नै पर्छ भन्ने बाध्यता होइन र पनि हामी बुझिदिन्छौं । अहिले बिहहीबार फिल्म आउँछ र शुक्रबार प्रदर्शन हुन्छ । यहि कुरा हामीले बुझाउन सक्यौं र अहिले सेन्सर सहज भएको छ ।

यसैगरी चलचित्र मिर्माणमा निर्मातालाई हुने जोखिम कम गर्न प्रोजेक्ट बिमा कार्यक्रम पनि मेरै सक्रियतामा आएको छ । शुरुमा बिमा समितिले यो पोलिसी छैन, हामी ल्याउँदैनौं भनेको अवस्थामा पनि म पछि हटिन् । म बलिउड पुगेर त्यहाँको इन्स्योरेन्स ब्याकअप टिमसँग छलफल गरे । अहिले बिमा हुने बनाएको छु ।

चीनमा केन्द्रिय कार्यलय रहेको संस्था फिल्म प्रोड्युसर ऐशोसिएसन इन एशिया प्यासिफिक जसमा ४६ राष्ट्रको प्रतिनिधित्व रहेको छ । म यसमा नेपालबाट निजी क्षेत्रको समेत प्रतिनिधित्व गर्दै २०१८ मा पहिलो पटक भाग लिए ।

सोहि वर्ष नेपाललाई सहभागी गराएर १७ सदस्यीय केन्द्रिय समस्य रहेको टिममा म निर्वाचित भए । यस एसोसिएशन मार्फत नेपाली चलचित्रलाई चाइनाको कोटा सिस्टम मार्फत स्थान दिलाउनु मेरो उद्देश्य छ ।

सन् २००८मा हलिउडमा निर्मित अत्यधुनिक ‘रेड ४ के’ डिपिजटल क्यामेरा मैले नै भित्राए । आज नेपाल चलचित्र उद्योग डिजिटल मय भएको छ । २०६२ सालदेखि बक्स अफिस चाहिन्छ भनि लागि परें र २०७५ सालदेखि बक्स अफिस पनि लागु भएको छ ।

अब राष्ट्रिय मान्यता प्राप्त नेपाली चलचित्र उद्योगका नीति, नियम, ऐन, कानून निर्माणमा सहयोग पुर्याउन मैले वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठको समुहबाट पुनः वस्तुगत तर्फको सदस्य पदमा उम्मेदवारी दिएको छु । आशा छ सबैले माया गर्नुहुनेछ, चुनाव जिताउनु हुनेछ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment