Comments Add Comment

पुनर्निर्माणको अनुदान सम्झौता गर्ने समयसीमा मंसिरसम्म

२१ मंसिर, काठमाडौं ।  हालसम्म कायम भएका निजी घर पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरूले यही मंसिर मसान्तसम्म अनुदान सम्झौता गरेर पुस १५ सम्ममा पहिलो किस्ता लिनुपर्ने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता लिएका सबै लाभग्राहीहरूले निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता लिनका लागि माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने बताएको छ ।

सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरूले निजी आवास पुनर्निर्माणको तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्त सम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ ।

मन्त्रिपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment