Comments Add Comment

शोक प्रस्ताव पारित गरेर सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक पुस १ गते

२६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा भने ओली सहभागी भएका थिएनन् । उनले स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई आरोप पत्र भन्दै उक्त प्रस्तावमाथि छलफल हुन लागेकाले सहभागी हुन नसक्ने व्यहोराको पत्र पठाएका थिए ।

तर आइतबार स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा नभई प्रधानमन्त्रीको निवास बालुवाटारमै सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment