+
+

ऊर्जा बचत गरेबापत बोटलर्स नेपालले पायाे ५२ लाख ९४ हजार रूपैयाँ अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १७:१५

१ पुस, काठमाडौं । कोका-कोला नेपालको लागि बोटलिंग पार्टनर, बोटलर्स नेपाल लिमिटेडलाई ऊर्जा बचत पहलमा गरेको प्रयासका लागि ५.२ मिलियन अर्थात ५२ लाख ९४ हजार रूपैयाँ बराबरको अनुदान प्रदान गरिएको छ । यो अनुदान “नेपाल उर्जा दक्षता कार्यक्रम” को एक हिस्सा हो जुन आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयले नेपाली उद्योग समुदायमा ईई (ऊर्जा दक्षता) को पहलका लागि डिजाइन गरेको थियो ।

बोटलर्स नेपालले आफ्नो दुई प्रमुख पहलको आधारमा अनुदान प्राप्त गर्यो जसअन्तर्गत भीएफडी अनुकूलता सहित नयाँ कम्प्रेसरको स्थापना र ईटीपीको लागि ऊर्जा कुशल स्क्रू ब्लोअर स्थापना पर्दछ । यी पहलहरूको मौलिक उद्देश्य कोका-कोलाको २०२०सम्ममा कार्बन फुटप्रिन्ट २५५ मा घटाउने विश्वव्यापी स्थिरता उद्देश्य द्वारा संचालित थियो ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “नेपाल सरकार र आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयबाट यो सम्मानित पुरस्कार पाउँदा हामी खुसी छौं । हामीले हाम्रो आपूर्ति श्रृंखलामा महत्वाकांक्षी लक्ष्यहरू राखेका छौं र उत्सर्जन घटाउन र ऊर्जा बचत गर्ने हाम्रो दृष्टिकोणलाई समर्थन गर्न हाम्रा उपकरण र प्रविधिमा धेरै परिवर्तनहरू जारी राख्नेछौं । उनले थप्दै भने, “यस्तो मान्यताले हाम्रो टोलीलाई हाम्रो विश्वव्यापी स्थिरता पहलमा प्रतिबद्ध रहन प्रेरित गर्दछ ।”

बोटलर्स नेपाल लिमिटेड काठमाडौं र भरतपुर दुबै उत्पादन केन्द्रहरुमा उर्जा दक्षताका लागि प्रयासरत छ, र सम्पूर्ण मूल्य श्रृंखलामा उर्जा र कार्बन दक्षता सिर्जना गर्दै अरु धेरै पहलहरु मार्फत नयाँ टेक्नोलोजीमा लगानी गरिरहेको छ ।

वित्तीय सहयोग (एफसी) को रूपरेखामा र नेपाल अर्थ मन्त्रालय (एमओएफ) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (आरबीबीएल) को सहकार्यमा सम्पत्ति हेरचाह प्रबन्धक सौरभ थापा, प्लान्ट प्रबन्धक, संजीव श्रेष्ठ, र बोटलर्स नेपाल लिमिटेडका गुणस्तरीय, पर्यावरण र सेफ्टी म्यानेजर, प्रशांत रेग्मीलाई आरबीबीएलको सीईओ किरणकुमार श्रेष्ठले डिसेम्बर १४ मा आरबीबीएलको परिसरमा अनुदान हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?