Comments Add Comment

सिडेन निर्वाचन : उमेशलाई युवाको साथ, ध्रुवलाई सिनियरको आश

२ पुस, काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत तान्न व्यस्त छन् ।

यही पुस ४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उमेश थानी र ध्रुव थापाबीच प्रतिस्पर्धा हुँदैछ । १८ जनाको कार्य समितिका लागि हुन लागेको सिडेन निर्वाचनमा सबै पदमा दुवै प्यानलको उम्मेदवारी परेको छ ।

कांग्रेस निकट इन्जिनियरहरुको शुभेच्छुक संगठन सिडेनको अध्यक्षका लागि थानी शेरबहादुर देउवा पक्षबाट र थापा रामचन्द्र पौडेल पक्षबाट उम्मेदवार बनेका हुन् ।

निर्वाचनमा थानीलाई युवा टोलीको साथ छ भने थापालाई सिडेनका पुराना नेताको साथ छ । सिडेनमा रहेका ३ हजार ६२३ मतदातामध्ये ३ हजारभन्दा बढी मतदाता युवा रहेकाले थानी युवाको मत तान्न ब्यस्त छन् । थानी युवा टोलीको प्यानल बनाएर चुनावमा होमिएका छन् ।

सिडेन स्रोत भन्छन्, ‘सिडेनमा युवाको बाहुल्यता रहनु र उमेश थानी युवा उम्मेदवार हुनुले उहाँले जित्ने आधार बलियो देखिएको छ । उहाँ यसअघि नेपाल विद्युत प्राधिकरणमा रहँदा होस् या इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार र नेईएको महासचिव हुँदा कुनै विवादमा नआउनुले पनि उहाँमाथि धेरैले विश्वास गरेका छन् ।’

थापाको पकट पनि सिडेनमा बलियो छ । तर, उनी निकट कोषाध्यक्ष पदका उम्मेदवार कौशल केसीसहित अन्य तीन सदस्य अन्तिम समयमा थानीको प्यानलमा गएकाले थापा केही धक्का लागेको आँकलन गरिएको छ ।

थानीको प्यानलबाट सूर्य बहादुर पाण्डे उपाध्यक्ष, प्रेम चन्द्र राय महासचिव, विरेन्द्र खड्का उपमहासचिव र कौशल कार्की कोषाध्यक्ष पदमा उठेका छन् ।

त्यस्तै, थापाको प्यानलबाट मन्दीप सुवेदी उपाध्यक्ष, रोशनराज गिरी महासचिव, सुमन पुडासैनी उपमहासचिव र श्याम दाहाल कोषाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment