Comments Add Comment

ओलीमाथिको कारवाही हास्यास्पद : प्रदीप ज्ञवाली

७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड- माधव समूहले अध्यक्षबाट हटाउने भनी गरेको कारबाहीलाई केपी ओली समूहले हास्यास्पद भएको प्रतिक्रिया दिएको छ ।

ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अनलाइखबरसँगको कुराकानीमा भने, ‘यो हास्यास्पद कुरा हो ।’

उनले आफूहरुले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको बताए ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टीमा केपी ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । त्यस्तै प्रचण्ड-माधव नेपाल समूहले थापाथलीस्थित कार्की पार्टी प्‍यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

ओली समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको ठाउँमा प्रदीप ज्ञवालीलाई जिम्मा दिने निर्णय गर्‍यो भने प्रचण्ड- माधव समूहले अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment