+
+

ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीए प्रोग्राम सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते १६:४२

१५ पुस, काठमाडौं । थापाथलीस्थित रहेको द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीए (एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्ट्स) प्रोग्राम सुरु भएको छ । ब्रिटिस प्रोफेसनल कलेज एसीसीएबाट गोल्ड एएलपीबाट मान्यताप्राप्त छ । सन् २०१२ देखि एसीसीए परीक्षाका लागि सयौँ विद्यार्थीहरु तयार गरिसकेको यो कलेजले उत्कृष्ट प्रोफाइल बनाउन सफल भएको छ । यो कलेजबाट एसिसिए वर्ल्ड परीक्षा टपर र लगातार एसिसिए नेपाल टपरहरु हुन सफल भएका छन् ।

कलेजले अत्याधुनिक प्रविधिबाट विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आइरहेको छ । त्यस्तै कलेजले विभिन्न संघसंस्थाहरुसँग सम्झौता गरेको छ जसका कारण विद्यार्थीहरुले सजिलै आर्टिकलसिप सहजै पाउने गर्छन् । यो कलेज कोरोना महामारीकाबीच दक्ष शिक्षकहरुमार्फत विद्यार्थीहरुलाई अनलाइन प्लेटर्फम उपलब्ध गराई निरन्तर पठनपाठन गराउने नेपालमा एकमात्र एएलपी बनेको छ ।  सबै तहका पठनपाठनलाई सहज रुपले कलेजले अगाडि बढाउन सफल भएको छ ।

वैकल्पिक रुपमा कलेजले अनलाइन क्लास उपलब्ध गराउँदै आइरहेको छ । कोरोना महामारीका बीच पनि एसिसिएले फाइनल र कलेजले आन्तरिक परीक्षाहरु गराउन सफल रहेको छ । कलेजले आफ्नो उत्कृष्ट विद्यार्थीको अनुभव र नतिजालाई अनुगमन गर्न र सुधार गर्न विशेष काम राख्दै आइरहेको छ । कलेजका ट्युटरहरूले विद्यार्थीहरूलाई अध्ययनलागि उनीहरूको सबै विकल्पहरूको बारेमा सचेत गराएका छन् ।

कलेजले सबै संकाय, स्टाफ, विद्यार्थी, अभिभावकलाई कलेजको वैकल्पिक प्रविधि प्रयोग गरेर अध्ययन र अन्य गतिविधिहरूमा उनीहरूको सहयोगका लागि आभार व्यक्त गरेको छ । विद्यार्थीको प्रगति र सुरक्षा सुनिश्चित गर्न कलेज प्रयासरत छ । यो कठीन समयमा कुनै पनि परिस्थितिको सामना गर्न विद्यार्थीको साथमा कलेज रहेको छ ।

प्रोफेसर मेरी, पुर्व लर्निङ एसिसिए प्रमुख हालै  द बि्रटिस कलेजको कार्यकारी प्रिन्सिपलमा नियुक्त भएकी छन् । उनी भन्छिन्,’एक सक्षम एसिसिए एकाउन्टेन्ट भएको हैसियतले भन्नुपर्दा मेरो पुरै करिअर क्वालिफाइड एकाउन्टेन्टका रुपमा धेरै फाइदा गरेको छ । वर्तमान अवस्था विश्वव्यापी रूपमा कठिन अवस्था रहेको छ । महामारी र जलवायु परिवर्तनको प्रभावले ठुलो असर पारेको छ । मलाई विश्वास छ कि एक व्यवसायिक योग्यता छ भने जसले लेखा र अडिटिंङ मात्र गर्ने क्षमता राख्छ साथै एनालिटिक्स, डिजिटल मोडलिङ, फिन्टेक, रचनात्मक व्यवसाय मोडलिङ र नेतृत्वले विद्यार्थीहरूलाई परिवर्तनको संसारमा साँच्चै राम्रो करियरको लागि तयार गर्दछ ।’

उनले अगाडि भनेकी छन्,’ एसीसीए व्यवसायिक र प्राविधिक रुपले विद्यार्थीहरूलाई नयाँ र उदाइरहेका उद्योगहरू, जस्तै कृषि, प्रशासन, व्यापार साझेदारी र डिजिटल पूर्वाधारको वरिपरि अनुकूलन गर्न अनुमति दिनेछ । बि्रटिश प्रोफेशनल कलेज पहिले नै यो सफलताको बाटोमा रहेको छ । यसको निरन्तर र सफलताको लागि शुभकामना दिन्छु ।’

विश्वभर यो कोर्सको डिमाण्ड रहेको छ । ५ लाख २७ हजार भन्दा बढी विद्यार्थीहरु, २ लाख १९ हजारभन्दा बढी सक्षम सदस्यहरु १७९ देशमा छरिएर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?