Comments Add Comment

मीनभवन र प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन

२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूह निकटका विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।

प्रचण्ड-माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीले नेपाल कमर्स क्याम्पस मीनभवन र भृकुटीमण्डप प्रदर्शनीमार्गको रत्नराज्य क्याम्पसबाहिर पुत्ला जलाएका हुन् ।

तर प्रहरीले हस्तक्षेप गरी पुत्ला खोसेको थियो भने लाठी चार्ज  पनि गरेको थियो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment