Comments Add Comment

प्रतिगमनकारीको हातमा सत्ता गयो : लीलामणि पोखरेल

५ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले प्रतिगमनकारीको हातमा सत्ता पुगेको बताएका छन् ।

चितवनको भरतपुरमा नेकपा भरतपुर महानगर कमिटीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता अधिकारीले प्रतिगमनकारीको हातबाट सत्ता फुत्काएर जनताको पक्षमा ल्याउनुपर्ने बताए ।

उनले कम्युनिष्ट पार्टीको बदनाम गर्ने उद्देश्यले प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरेको आरोप लगाए । पोखरेलले भने ‘प्रतिगमनकारी कदम कम्युनिष्टको बदनाम गर्न र कम्युनिष्ट आन्दोलनलाई धोका दिनका लागि चालिएको हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनका लागि कसरत गरिरहेकोमा सम्भव नभए पछि संसद भंग गरेको आरोप पोखरेलले लगाए । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले संसद पुनर्गठन नभएमा प्रधानमन्त्रीको हैसियत पूर्वराजा ज्ञानेन्द्रको जस्तो बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment