Comments Add Comment

‘सिरियल किसर’ इमरान हासमी कि आमिर ?

बलिउडमा ‘सिरियल किसर’को रुपमा नायक इमरान हासमीलाई चिनिन्छ । आफ्ना चलचित्रमा नायिकासँग चुम्बनको दृश्य दिन माहिर इमरानलाई बलिउड मिडिया तथा दर्शकले नै ‘सिरियल किसर’को उपनाम दिएका थिए । तर, बलिउड नायक आमिर खानले चलचित्रको पर्दामा १० भन्दा बढी नायिकासँग चुम्बनको दृश्य दिएका छन् भन्दा अनौठो लाग्न सक्छ ।

तर, आफ्नो पहिलो चलचित्रदेखि आजसम्म आमिरले चलचित्रको पर्दामा १० बढी नायिकासँग चुम्बनको दृश्य दिएका छन् । उसो त नायक आमिर खानको पहिलो चलचित्र ‘कयामत से कयामत तक’लाई मानिन्छ । तर, उनले अभिनय गरेको पहिलो चलचित्र ‘होली’ हो । यो चलचित्रमा उनले नायिका किटु गिडवानी’सँग लिपलकको दृश्य दिएका थिए ।

यस्तै, चलचित्र ‘कयामत से कयामत तक’मा आमिरले नायिका जुही चावलाको साथमा चुम्बनको दृश्य दिएका छन् । सन् १९९० मा आमिरले नायिका माधुरी दिक्षितसँग चलचित्र ‘दिल’मा काम गरे । यो चलचित्रमा पनि माधुरी र आमिरको चुम्बनको दृश्य समावेश छ ।

आमिरको अर्को हिट मानिने चलचित्र ‘जो जिता वही सिकन्दर’मा उनी र नायिका पूजा बेदीविच लिपलकको दृश्य खिचिएको थियो । यो दृश्यले पनि निकै चर्चा पाएको थियो ।

नायिका रानी मुखर्जीसँग नायक आमिर खानले चलचित्र ‘गुलाम’मा काम गरे । यो चलचित्रमा पनि रानी र आमिरको चुम्बनको दृश्य खिचिएको छ । नायिका सोनाली बेन्द्रसँग आमिरले काम गरेको चलचित्र ‘सरफरोश’मा पनि यी दुई कलाकारको चुम्बनको दृश्य समावेश गरिएको छ । नायिका मनिषा कोइरालासँग आमिरले चलचित्र ‘अकेले हम अकेले तुम’मा पनि चुम्बनको दृश्य दिएका थिए । चलचित्रको यो दृश्यले दर्शकमाझ हंगामा मच्चाएको थियो । बाथ टबमा यो दृश्य खिचिएको थियो ।

चलचित्र ‘मेला’ बक्स अफिसमा फ्लप भयो । तर, यो चलचित्रमा आमिर र नायिका ट्विंकल खन्नाविच चुम्बनको दृश्य खिचिएको थियो । नायिका ममता कुलकर्णीसँग आमिरले चलचित्र ‘बाजी’मा चुम्बनको दृश्य दिएका थिए ।

नायिका करिश्मा कपुरसँग आमिरले चलचित्र ‘राजा हिन्दुस्तानी’मा काम गरे । यो चलचित्र सुपरहिट मात्र भएन, यसले कैयौ रेकर्ड समेत बनाएको थियो । यो चलचित्रमा नायिका कपुर र नायक खानविच करिब ४० सेकेन्ड लामो चुम्बनको दृश्य खिचिएको थियो । यो दृश्यले नयाँ रेकर्ड समेत बनाएको थियो ।

चलचित्र ‘रंग दे बसन्ती’ पनि निकै चर्चामा रह्यो । यो चलचित्रमा आमिरले नायिका एलिस पेटनसँग चुम्बनको दृश्य दिएका थिए । यस्तै, नायिका करिना कपुरसँग नायक खानले चलचित्र ‘थ्रि इडियट्स’को क्लाइमेक्समा दिएको चुम्बनको दृश्य पनि निकै चर्चामा रह्यो । यस्तै, नायिका कट्रिना कैफ र नायक आमिर खानले चलचित्र ‘धुम ३’मा काम गरे । यो चलचित्रमा आमिर र कट्रिनाविच लिपलकको दृश्य समावेश छ । यो दृश्यले पनि दर्शकमाझ चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment