Comments Add Comment

जरिनको गुनासो–‘कोही पनि फिल्म मेकरले डुब्लिकेटसँग काम गर्न चाहँदैनन् ’

बलिउड नायिका जरिन खानले सन् २०१० मा नायक सलमान खानसँग चलचित्र ‘विर’मा काम गरिन् । तर, ११ बर्ष लामो बलिउड यात्रामा उनले सफलता पाउन सकेकी छैनन् । जरिनको अनुहार अर्की नायिका कट्रिना कैफको जस्तो रहेको भन्दै तुलना हुने गर्दछ । यसैले पनि आफूलाई बलिउडमा सफल हुन समस्या परेको जरिनले गुनासो गरेकी छिन् ।

भारतीय मिडियासँग कुरा गर्दै जरिनले कोही पनि मेकरले डुब्लिकेट वा कोही कलाकार जस्तै देखिने कलाकारसँग काम गर्न नचाहने गुनासो गरेकी छिन् । जरिनले, ‘हाउसफूल २, हेट स्टोरी ३, अक्सर २, १९२१’ लगायतका चलचित्रमा काम गरिन् । केही चलचित्र सफल भएपनि उनी सफल हुन सकिनन् ।

जरिनले भनिन्–‘यो क्षेत्रमा कोही पनि मानिस आफ्नो परिचय बनाउन आउँछन् । कसैको सोच अर्को कोही कलाकारको छायामा पर्ने वा त्यस्तै देखिने भन्ने हुँदैन । मैले बलिउडमा आफ्नै छवि बनाउनका लागि ११ बर्षसम्म संघर्ष गरेँ । तर, पनि मानिसहरु अझै मलाई कट्रिना जस्तै देखिने नायिका भन्छन् । कुनै पनि मेकरले डुब्लिकेट वा उस्तै देखिने कलाकारसँग काम गर्न चाहँदैनन् ।’

जरिनले आफूलाई मानिसहरुले पूजा भट्ट, प्रिती जिन्टा, सन्नी लियोनी जस्तो देखिन्छौं पनि भनेको उल्लेख गरेकी छिन् । तर, आफू मानिसहरुको नजरमा जरिन खान जस्तो देखिन नसकेको उनको गुनासो छ ।
जरिनले आफू मात्र नभएर अन्य केही कलाकार पनि कुनै चर्चित कलाकार जस्तै देखिदा समस्यामा परेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment