Comments Add Comment

नेपाल–फ्रान्स दुईपक्षीय परामर्श संयन्त्रको वैठक सम्पन्न

२६ माघ, काठमाडौं । नेपाल–फ्रान्स दुईपक्षिय परामर्श संयन्त्रको वैठक सोमबार सम्पन्न भएको छ ।

सो भर्चुअल वैठकमा दुई पक्षीयसम्बन्धी र सहकार्यका वृहत विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् २०१९ को जुन महिनामा प्रधानमन्त्री केपी ओलीले फ्रान्सको भ्रमण गरेयताको समग्र सम्बन्धको विषयमा विचार आदान प्रदान भएको मन्त्रालयले जानकारी दिएको छ ।

दुईपक्षीय व्यापार र लगानी, प्रविधिको हस्तान्तरण र पर्यटन क्षेत्रमा सहकार्यलगायतका विषयमा पनि छलफल भएको थियो । त्यसैगरी कोभिड–१९ का सहकार्यको विषयमा समेत कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment