Comments Add Comment

रुपन्देही सुपर लिगमा ज्ञानोदय विजयी

३ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लब विजयी भएको छ । ज्ञानोदयले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । उसका लागि महेश रानाले ४६ र करण विकेले १२ रन बनाए । बलिङमा शंकरनगरका अखलेस यादवले ३ र अनित तामाङले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शंकरनगर ३०.१ ओभरमा अलआउट हुँदै १०२ रनमै समेटियो । उसका लागि विराट भण्डारीले २८ र केशव पौडेलले २४ रन बनाए । बलिङमा ज्ञानोदयका सुनिल धमलाले ९ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, करण विकेले ३ विकेट लिए ।

खेलमा सुनिल धमला म्यान अफ द म्याच घोषित भए ।

मंगलबार तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी शाक्यान क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment