Comments Add Comment

आयोगको फैसलासम्बन्धी पत्र निर्वाचन आयोगमा

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीसँग नाम मिल्ने गरी दर्ता भएको ओली-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता खारेजसम्बन्धी गरेको फैसला निर्वाचन आयोगमा पुगेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गरी सर्वोच्चको फैसलासम्बन्धी पत्र प्राप्त भएको र उक्त पत्र आयोगमा दर्ता भइसकेको जानकारी दिएका हुन् ।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषि कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।

हेर्नुहोस् विजप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment