Comments Add Comment

कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनाऔं : महामन्त्री खड्का

३ चैत, सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा सबै दल सहभागी बृहत संयुक्त सरकार बनाउनुपर्ने बताएका छन् ।

मंगलबार सुर्खेतको गुर्भाकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खड्काले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गरी एक वर्षभित्र नयाँ निर्वाचनमा जानुपर्ने बताए ।
कांग्रेसको नेतृत्वमा सबै दल सहभागी बृहत संयुक्त सरकार, कांग्रेसकै नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी पार्टी सम्मिलित संयुक्त सरकार वा नेकपा एमाले र संघीय समाजवादी पार्टीको संयुक्त सरकार बन्ने सम्भावना रहेको उनले बताए ।

‘त्यसरी बन्ने सरकारले एक वर्षभित्र नयाँ निर्वाचन गर्छ, र जनतामा छाएको निराशालाई विश्वासमा बदल्छ,’ महमन्त्री खड्काले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment