Comments Add Comment

देशभर ११४ जना कोरोना संक्रिमित थपिए

३ चैत, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११४ जना कोरोना संक्रिमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।  योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ भने गत २४ घन्टामा २ हजार ७९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३४, ललितपुरमा ७ र भक्तपुरमा २ जनामाकोरोना संक्रमण पुष्टि भएको हो ।

यसका साथै देशभर ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन् भने गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment