
६ चैत, सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट मृत्यु हुनेमा बारा जिल्लाको दक्षिण झिटकैया निवासी ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको सप्तरी प्रहरीका प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
नगरपालिकाको वडा नम्बर ११ स्थित सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ३४२५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना.६त ६१९९ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करले गम्भीर घाइते भएका मन्सुरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिई फरार भएका त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4