Comments Add Comment

वसन्त ऋतुमा हिमाल चढ्न ५ समूहका ४५ जनाले लिए अनुमति

फाइल तस्वीर

११ चैत, काठमाडौं । हिमाल आरोहणको सिजन नजिकिँदै गर्दा अनुमति लिने समूहको संख्या समेत बढेको छ ।

पर्यटन विभागका अनुसार मंगलबारसम्म कुल ५ टोलीका ४५ जनाले यो सिजनमा हिमाल चढ्न अनुमति लिइसकेका छन् । यो पाँच टीम सगरमाथा भन्दा अन्य हिमाल चढ्ने योजनामा रहेको विभागले जनाएको छ ।

९ मार्चमा पहिलो अनुमति जारी भएको थियो । उक्त अनुमति माउण्ट नुप्त्सेका लागि थियो । त्यसयता मनास्लुका लागि एक जनाले अनुमति लिएका छन् ।

अन्नपूर्ण हिमाल चढ्न भने सबैभन्दा बढी तीन समूहका ४० जनाले अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस पटक सगरमाथा आरोहणका लागि बहराइनबाट एक टोली आएको छ । हालै क्वारेन्टिनको समय सकाएको यो टोलीले अझै विभागबाट अनुमति भने लिइसकेको छैन ।

८८ लाख रोयल्टी संकलन

मंगलबारसम्म जारी अनुमति पत्रबाट सरकारले ८८ लाख २३ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

वसन्त ऋतुमा हिमाल आरोहण गर्दा सबैभन्दा बढी मूल्य तिर्नुपर्छ । यो सिजन आरोहणका लागि सुरक्षित मानिने भएका कारण आरोहीको आगमनसमेत यस समयमा बढी हुन्छ ।

सन् २०२० मा कोरोना महामारीका कारण रोकिएको आरोहण यसपटक सामान्य हुने अपेक्षा थियो । तर, बढ्दो संक्रमणले यस पटक पनि अपेक्षाकृत आरोही आउने वातावरण भने बनिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment