
२३ चैत, काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालि र समृद्धि फाइनान्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियत पूर्ण कर्जाहरु लगानी गर्न सम्बन्धी समझौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ ।
अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियत पूर्ण कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधान कार्यलय हेटौंडा रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हेटौंडासहित नारायणगण, काठमाडौंको पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यलयहरु रहेका छन् ।
एलसीभी सेग्मेन्ट अन्तर्गत दोस्त मोडल (Pickup, Container, Refrigeration Van, Passenger Van) का सवारी साधनहरु विभिन्न प्रयोजन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहोर महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको कम्पनीले जनाएको छ ।
रेमिटेन्स व्यवसायबाट उदाएको आईएमई ग्रुप सन् २००१ मा स्थापना भएको र रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आईएमई ग्रुप निरन्तर लाग्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4