Comments Add Comment

कार्यान्वयनको सुनिश्चितता हुने गरी अनुशासित बजेट ल्याइनेछ : अर्थमन्त्री पौडेल

३१ चैत, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभूत सिद्वान्तलाई आत्मसात गरी अनुशासित बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री पौडेलले बजेट निर्माणको आधारभूत सिद्वान्तलाई आत्मसात गरी बजेट कार्यान्वयनको सुनिश्चितता गरेर अनुशासित बजेट ल्याउने बताए ।

यस्तै कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई पनि बजेटमा उच्च प्राथमिकतामा राखिने उनले बताए । कोभिड संक्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटले पनि प्रयास गर्ने उनले बताए ।

मन्त्री पौडेलले अन्य मन्त्रालयहरुसँग पनि समन्वय गरी बजेट निर्माण गर्ने बताए । बजेट निर्माणमा सम्बन्धित मन्त्रालयहरु नै सम्पूर्ण रुपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment